पिटरबरो नेपाली समाजमा नयां नेतृत्व, अध्यक्षमा शिव भण्डारी

  • सोमबार, ११ भदौ, २०७५
  • 2 months ago
  • युके

 

पिटरबरो । पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध चयन भएका छन् । समाजको सोमवार नेने पार्कमा सम्पन्न सातौं साधारणसभाले भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

 

नयां कार्यसमितिको उपाध्यक्षमा रवि आचार्य, ध्रुव धिताल, महासचिव हरिहर भट्टराई, सचिव संगिता कोइराला, कोषाध्यक्ष सुर्दशन पराजुली, सहकोषाध्यक्ष प्रविन भण्डारी चयन भए ।

 

त्यस्तै सदस्यहरुमा भिम खनाल, उपेन्द्र श्रेष्ठ, मनिष आचार्य, सन्तोष पौडेल, अर्चना भण्डारी, बसन्ती भुषाल, नारायण भण्डारी, राहुल बिरेन मुल्मी, दिवाकर सुवेदी, लव शर्मा चुनिएका छन् ।

 

निर्वाचन समितिका संयोजक महेश अधिकारीले नयाँ कार्यसमितिको घोषणा गरेका थिए । गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिव भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।  साधारणसभाको समाजसेवीद्धय लोकनाथ पाण्डे र भिम प्रसाद भट्टराईले उद्धघाटन गरेका थिए ।

 

महासचिव निर्पेश उप्रेतीले संचलान गरेको कार्यक्रममा ट्रष्टी सदस्य किरण कार्की, संस्थाका पुर्वअध्यक्षद्धय महेश अधिकारी, केशव भण्डारी, समाजसेवी लोकनाथ पाण्डे, पत्रकार चिरन शर्मा लगायतले शुभकामना मन्तव्य दिए ।

 

 

साधारणसभामा संस्थाका कोषाध्यक्ष विष्णु थापाले आर्थिक र महासचिव निर्पेश उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रस्तावलाई साधारणसभाले सर्वसम्मतले पारित गरेको थियो ।

 

यस्तै बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता रहेको संस्थाको च्यारिटी ट्रष्टीको समेत घोषणा गरिएको छ ।  सो समितिमा किरण कार्की, रामबाबु कोइराला, महेश अधिकारी, केशव भण्डारी, पवन शर्मा, सिएम खरेल, शिव भण्डारी रहेका छन् ।

 

नेपाली समुदायको बाक्लो उपस्थिती रहेको पिटरबरो समाजमा करिब २ सय सदस्यहरु रहेका छन् । संस्थाको नयाँ कार्यसमितिको निर्वाचन पछि यहाँस्थित नेपालीहरु नेने पार्कमा भेला भएर बार्वेक्यु पार्टीमा रमाएका थिए ।

 


थप समाचार

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 14 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक

बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

  • 22 minutes ago
बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडौं । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

महाराजाको शैली अपनाउँदै शीतल निवास, जनताकी छोरीलाई किन बनाइँदैछ ‘महारानी’ ?

  • 25 minutes ago
महाराजाको शैली अपनाउँदै शीतल निवास, जनताकी छोरीलाई किन बनाइँदैछ ‘महारानी’ ?

काठमाडौं । राष्ट्रपति कार्यालयको व्यवस्थापन राष्ट्रपति विद्यादेवी भण्डारीको शैली र क्रियाकलाप उपर सत्तारुढ नेकपाभित्रै गम्भीर असन्तुष्टि सुरु भएको छ । उच्च स्रोतहरुका अनुसार राष्ट्रपति निवासको व्यवस्थ



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।