Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसद प्रधानमन्त्रीले बन्द गराउनु भएको होः केपी ओली

संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको होः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द गराएको बताएका छन्।

आइतबार बसेको शीर्ष नेताहरुको बैठकमा सदन सुचारु गर्ने सहमति भए पनि एमाले पुनः सहमतिबाट पछि हटेको हो। सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची रहेको थियो। तर, एमालेले भने प्रधानमन्त्री प्रचण्डको राजीनामाको अडान दोहोर्‍याएका छन्।

अध्यक्ष ओलीले आइतबार दिउँसो संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन। त्यो कायम राखेर सहमति हुँदैन।’

प्रधानमन्त्रीले राजीनामा दिएमात्रै सहमति जुट्ने ओलीको हडान रहेको छ। ‘प्रचण्डको २१ गतेको वक्तव्य हेर्नुहोस हाम्रो राजीनामा नै माग छ। राजीनामा दिएपछि सहमति जुट्छ,’ ओलीले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक

राष्ट्रिय मुद्दामा मिलेर जाऔंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि

Techie IT