Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना, अनलाइनबाटै २ लाखसम्मको कर्जा पाइने

एनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना, अनलाइनबाटै २ लाखसम्मको कर्जा पाइने


काठमाडौँ। एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ। यस योजना अनुसार मुद्दती निक्षेप खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार यस कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध एप्लाइ फर लोन एगेन्स एफडीयू विकल्पमा जानु पर्नेछ। उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रूपैयाँसम्मको कर्जाका लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त गर्ने छ। उक्त ओटीपी कोड हालेर शर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ।

यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि मात्रै कर्जा प्राप्त गर्ने छन्।

यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म सावाँ भुक्तानी गर्नुपर्नेछ। न्यूनतम ५ हजार रूपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्ने छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौता

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा

Techie IT