खाद्यान्न तथा पेट्रोलियम अभावसँगै मूल्य वृद्धि

  • शुक्रबार, १ आषाढ, २०७५
  • 5 months ago
  • अर्थ

सोलुखुम्बु ।  ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । 

 

खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ । 

 

थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताए । मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् । 

 

दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ । निर्माण सामग्रीको अभाव भएको छ । सोलु दूधकुण्ड नगरपालिका–५ की करिश्मा बस्नेत मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउँछन् । उनी भन्छन्, “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ ।” 

 

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । सो क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

 

अहिले डिजेल र पेट्रोलको अभाव भएको छ । ग्यासमा प्रति सिलिण्डर रु १५० ले वृद्धि भएको व्यापारी दोर्जी शेर्पाले बताए । 

 

उहाँले भन्नुभयो, “पुराना मौज्दात सामानको मूल्य वृद्धि भएको छैन तर भर्खरै ढुवानी भएको सामानको मूल्य ढुवानीका कारण बढेको छ ।” 

 

उपभोक्ताले निर्माण सामग्रीको अत्याधिक माग गरेका छन् । सामग्री उपलब्ध गराउन नसकेको माँ देवी अटोग्रिल सेन्टरका प्रोपराइटर भोगेन्द्र खनालले बताए । 

 

उनले भने, “पुनः निर्माण्का चरणमा रहेकाले धमाधम घर निर्माण हुँदै छ, सामान छैन, बर्षा लागिसक्यो । उपभोक्तालाई सामान उपलब्ध गराउन सकेका छनौँ ।” 

 

कटारीबाट सामान ढुवानी गर्न नसकिने भएपछि वैकल्पिक मार्गहुँदै सामान ल्याउन नपाएकोे व्यापारी बताउँछन् । शिद्धिचरण लोकमार्गको विकल्पका रुपमा रहेको वर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि १० टन माथिका मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

 

ढुवानी सेवा ठप्प भएको सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले बताए । 

 

शेर्पाले भने, “पुराना सामानको मूल्य बढेको छैन तर भर्खरै ढुवानी गरिएका सामानको मूल्य ह्वात्तै बढेको छ ।” 

 

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले सवारी साधन सञ्चालनका लागि व्यवसायीले बिपी राजमार्गको प्रयोग गर्न थालेका छन् । 

 

सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । 

 

उनले भने, “ढुवानीको वैकल्पिक व्यवस्था नगरे दैनिकी कष्टर बन्छ ।” 

 

जिल्लामा मौज्दात सामानले १५ दिन धान्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ । 

 

उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले भने, “हामीलाई नाकाबन्दीको आभाष भएको छ, पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको अभाव भएको छ ।” 

 

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन् । 

 

ठाँटी क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम असार १५ सम्म सक्ने बताइएको छ । 

 


थप समाचार

राउत र चन्दप्रति सरकार कठोर

  • 34 minutes ago
राउत र चन्दप्रति सरकार कठोर

काठमाडौं । सिके राउत र नेत्रविक्रम चन्द (विप्लव) प्रति सरकार पछिल्ले समयमा कठोर बनेको छ । मुलुक बिखण्डनको एजेन्डा बोक्ने राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै विप्लव नेतृत्वको नेकपा मओवादीप्रत

जीप दुर्घटनामा मृत्यु हुनेको सनाखत

  • 38 minutes ago
जीप दुर्घटनामा मृत्यु हुनेको सनाखत

बेझाड । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा

पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

  • 1 hour ago
पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सान



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।