ISMT

HUB Education

पेट्रोलमा कालोबजारी बढ्यो

  • आइतबार, २० साउन, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

बैतडी । जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ । 

 

जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् । 

 

प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले भने । सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको उनले बताए । अभाव हुँदा उपभोक्ता महँगो र मिसावट गरिएको पेट्रोल किन्न बाध्य छन् । 

 

दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेर बताउँछन् । उनले भने, “सधैँ महँगोमा पेट्रोल किन्न बाध्य छौँ, सम्बन्धित निकाय मौन छ ।” सतबाँझ तथा गोठलापानी बजारका विभिन्न पसलबाट पेट्रोलको कालोबजारी भइरहेको छ । 

 

घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताए । 

 

पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताए । 

 

यसैबीच पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध आज सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिएको छ । 

 


थप समाचार

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  • 14 minutes ago
अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

  • 16 minutes ago
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन

‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

  • 18 minutes ago
‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

एजेन्सी । शताब्दीकै महानायक अमिताभ बच्चनले आफ्नो जीवनसँग सम्बन्धित एक अचम्मको खुलासा गरेका छन् । भारतको एक टेलिभिजनको कार्यक्रम उद्घाटनमा अमिताभले खुलासा गरे, उनलाई ८ वर्षसम्म क्षयरोग जस्तो घातक रोग भ



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।