एनआरएन यूके महासचिवमा फडिन्द्र भट्टराईको उम्मेदवारी घोषणा

  • मंगलबार, ३१ बैशाख, २०७६
  • 5 days ago
  • युके

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउँदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदको उम्मेदवारी घोषणा गरेका छन् । 

 

सोमबार साँझ मिडल्याण्डको बर्मिङहममा नेप्लिज सेफ एशोसिएसन यूकेद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । 

 

विगत लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहंदै आएका भट्टराई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य र मिडिया विभागमा सदस्य  छन् ।

 

यसअघि एनआरएनए यूकेको छैंठौं कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालेका उनले पाँचौं कार्यसमितिमा कार्यसमिति सदस्यका रुपमा समेत काम गरेका थिए । 

 

सेतोपाटी अनलाइनका युरोप संयोजकका रुपमा कार्यरत उनी बेलायतको नेपाली समुदायमा एक पत्रकार, कवि तथा साहित्यकारका रुपमा समेत परिचित छन् । 

 

उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धताहरु औपचारिक कार्यक्रममार्फत छिट्टै सार्वजनिक गर्ने जनाएका छन् । 

 

त्यसअवसरमा उनले मिडल्याण्डवासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सदस्यता लिन आव्हान समेत गरेका थिए । 

 

दशौं लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एक मात्र नेपाली संस्थाका रुपमा गैरआवासीय नेपाली संघसंगको आबद्धता महत्वपुर्ण रहने उनको भनाइ थियो । 

 

गैरआवासीय नेपाली संघको विगतको समिक्षा गर्दै प्रवासमा क्रियाशिल विभिन्न पेशा, वर्ग र सुमदायका संघसंस्थाको समन्वय र सहकार्यलाई भावी दिनमा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका थिए  । 

 


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 7 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।