IIMS College

ISMT

HUB Education

फगामीलाई पुरस्कृत गर्ने कि दण्डित ?

  • आइतबार, २२ भदौ, २०७६
  • 2 months ago
  • युके
एनआरएनए यूके अध्यक्ष एवं आइसीसी सदस्य पदका उम्मेदवार योगकुमार फगामी
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

एनआरएन यूकेको वर्तमान कार्यसमितिका अध्यक्ष योगकुमार फगामी आसन्न निर्वाचनमा आइसिसी सदस्यको लागि उम्मेदवार छन् । एनआरएन यूकेमा महासचिव, उपाध्यक्ष हुंदै अध्यक्षको रुपमा एक कार्यकाल काम गर्ने क्रममा फगामीले आफ्नो कुशल नेतृत्व , क्षमता र इमान्दारिता प्रदर्शन गरिसकेका छन् । 

 

अध्यक्ष निर्वाचित हुनुअघि आफ्नो कार्यकालमा एनआरएन यूकेको सदस्य संख्या १० हजार बनाउने प्रतिबद्धता गरेका उनले त्यसभन्दा अझ बढि साढे १३ हजार पुर्याएर संसारभरमै सबभन्दा धेरै पञ्जीकृत सदस्य रहेको सबैभन्दा ठूलो एनसिसीका रुपमा स्थापित गर्न सफल बनेका छन् । 

 

त्यसो त क्षेत्रीय अवधारणामा जाने एनआरएन यूकेको वर्षौंदेखिको अधुरो योजना पनि फगामीकै नेतृत्वमा पहिलोपटक सफलतापूर्वक कार्यान्वयन भएको छ । जसले गर्दा पहिले नारामा मात्रै सिमित बेलायतका सम्पुर्ण नेपालीहरुको साझा संस्था अहिले साँच्चीकै स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्ससम्म समेत पुग्न सफल बनेको छ । 

 

एनआरएन यूकेका अध्यक्षका रुपमा फगामीले धेरै कामहरु गरे जसमा उनलाई सफलता मिलेको छ । तर एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) मिलेर गर्नुपर्ने कैयौं कामहरु गर्ने क्रममा केहि अफ्ठेरोहरु पनि आए ।  तीनै अफ्ठेरोहरु हटाएर आइसिसी र एनसिसीबीचको समन्वय एवम् सहकार्यलाई थप सहज र प्रभावकारी बनाउन पहल गर्ने लक्ष्यसहित उनी आइसिसी सदस्यको उम्मेदवार बनेका छन् । 

 

'एनसिसी अध्यक्षका रुपमा काम गर्दैगर्दा मैले त्यस्ता धेरै समस्याहरु देखें जसको कारण आइसिसी र एनसिसी मिलेर काम गर्न अफ्ठेरो भइरहेको छ । एनसिसीले आफ्ना कुराहरु आइसिसीमा लगेर राख्ने, सुनुवाई गराउने जस्ता काम पनि सजिलो छैनन्', फगामीले सुनाए, 'हामीले जे जस्ता समस्या भोग्यौं, आउने नेतृत्वहरुले भोग्नु नपरोस् भनेर त्यसको समाधानका लागि पहल गर्ने योजना मैले बनाएको छु ।' 

 

आफ्नो कार्यकाल सफल पार्न बेलायतको सिंगो नेपाली समुदायबाट प्राप्त साथ र सहयोगका लागि फगामी कृतज्ञ छन् । समाजकै लागि थप योगदान गर्ने र गैरआवासीय नेपाली अभियानको पक्षमा आफ्नो अनुभव, ज्ञान, क्षमताको थप सदुपयोग गर्ने आकंक्षामा बेलायतका नेपालीबाट आवश्यक साथ र समर्थन पाउने आशा उनले राखेका छन् । 

 

'मलाई सामाजिक क्षेत्रमा लाग्न, सकेको योगदान गर्न यहि समाजले नै सिकाएको हो । सुरुका दिनदेखि आजसम्म पनि मैले के कसरी काम गर्दै आए, कतिसम्म योगदान गर्न सकें ? सबै यो समाज साक्षी छ । अझै पनि मलाई यो अभियान र समुदायको लागि आवश्यक ठान्नुभयो भने पक्कै जिम्मेवारी दिनुहुनेछ भन्ने लाग्छ', फगामीले भने । 

 

 

 

हुन त अध्यक्ष फगामीले आइसिसीमा कुनै उपल्लो तहकै पदमा उम्मेदवारी दिन्छन् भन्ने धेरैको आंकलन थियो । तर अरुको अपेक्षाभन्दा तलको  आइसिसी सदस्य पदमै उम्मेदवारी दिए ? उनको जवाफ छ, 'मलाई अहिले कुनै ठूलो पदको महत्वाकांक्षा छैन । बरु यो अभियानमा निरन्तरताको लागि कुनै साइनो राखिराखौं भन्ने चाहना हो । त्यसमाथि एनसिसीको अध्यक्षका रुपमा काम गर्ने क्रममा जुन समस्याहरु मैले भोगें, त्यसलाई आइसिसीसम्म पुर्याउने र समाधान खोज्ने प्लेटफर्म मैले खोजेको हुं ।' 

 

फगामीले आइसिसी सदस्यको उम्मेदवारी दर्ता गरेलगत्तै कतिपयले उनको आलोचना पनि गरे । संस्थाको अध्यक्षका रुपमा सदस्यता वितरणमा प्रत्यक्ष संलग्न उनी कसरी उम्मेदवार बन्न सक्छन् भन्ने प्रश्न गरियो, निर्वाचन समितिमा उनको उम्मेदवारीविरुद्ध दाबीविरोध समेत दर्ता भयो । 

 

तर निर्वाचन समितिले काम सुरु गरेपछि उनी कुनै प्रक्रियामा प्रत्यक्ष संलग्न छैनन् । संस्थाको अध्यक्षको रुपमा निर्वाचन समितिलाई आवश्यक पर्दा सहयोग मात्र गरिरहेका छन् । त्यसकारण संस्थाको अध्यक्ष रहेकै कारण निर्वाचन नै लड्न नपाउने भन्ने तर्क स्थापित हुन सकेन र स्वभाविकतः उनको उम्मेदवारी कायम रह्यो  । 

 

एनआरएन यूकेको इतिहासमा धेरैैको मन जितेका, कम विवादित बनेका र तुलनात्मक रुपमा सफल अध्यक्षहरुमध्ये फगामी पनि पक्कै एक हुन् । बेलायती सेनाबाट अवकासपछि अहिले पनि सामान्य नोकरी गर्दै आइरहेका उनी एनआरएन यूकेको अध्यक्षमा निर्वाचित हुंदा एनआरएनको नेतृत्व धनाड्य र व्यापारीहरुले मात्र पाउँछन् भन्ने नजिर तोडियो भनेर धेरैले ठानेकै हुन् । एनआरएन यूकेमा सुरुदेखि अहिलेसम्मकै महासचिवहरुमध्ये उनी नै एक्ला हुन् जो अध्यक्षको पदसम्म पुग्न सफल बने । 

 

फगामीको २ वर्षे कार्यकाललाई केलाउँदा सफलताहरु मात्र भेटिदैनन्, पूरा हुन नसकेका कैयौं कामहरु, सुधार गर्न नसकेका धेरै कमजोरीहरु पनि भेटिन्छन् । तर एनआरएनको नेतृत्वप्रति आम अपेक्षाहरु जति धेरै छन्, नेतृत्वमा रहेर काम गर्नेहरुसामु त्यति नै चुनौतिहरु पनि छन् भन्ने बुझ्नु जरुरी छ । 

 

एनआरएन यूकेको महासचिव, उपाध्यक्ष र अध्यक्षका रुपमा जिम्मेवारी वहन गरिसकेका फगामीको नेतृत्व परिक्षण भइसकेको छ । उनको क्षमता र नेतृत्व कौशल सबैले देखिसकेका छन् । उनका गुण, दोष के कस्ता छन् सबैले जान्ने मौका पाइसकेका छन् । एनआरएन अभियानमा अब उनको आवश्यकता छ वा छैन भनेर पनि सबैले बुझिसकेका छन् । त्यसैले यो निर्वाचनमा अन्य नयाँ उम्मेदवारहरुको तुलनामा उनको उम्मेदवारी मुल्यांकन गरेर मत दिने वा नदिने धारणा बनाउन सजिलो छ । 

 

आइसिसी सदस्य पदमा फगामीले दिएको उम्मेदवारीका पक्षमा मत दिएर उनलाई पुरस्कृत गर्दै थप जिम्मेवारी बोकाउने कि उनलाई मत नदिएर दण्डित गर्ने निर्णयको हक भने अब एनआरएन यूकेका साढे १३ हजार सदस्यहरुसंग मात्रै सुरक्षित छ । 

 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 8 hours ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 8 hours ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 9 hours ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।