ISMT

HUB Education

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

Education Park

 

Kathmandu Trade Show

 

लन्डन । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गरेका छन् । 

 

गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । 

 

सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् । 

 

बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गरेको जनाएको छ । 

 

प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । “नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गरेका छन्,” प्रहरीले पुष्टी गरेको छ । “राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ ।” 

 

सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप घटनाका बारेमा छानबिन गरिने बताएका छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् । 

 

फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सबार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ । 

 

राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए। उनको गत वर्ष अप्रिलमा पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको थियो । 


थप समाचार

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

  • 4 hours ago
बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई प

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

  • 4 hours ago
राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

'काउलीले क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

  • 4 hours ago
'काउलीले  क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

एजेन्सी । नेपालमा मात्रै होइन काउली विश्वमै लोकप्रिय मध्येका एक तरकारी हो । यो तरकारी स्वादिष्ट मात्रै हुँदैन स्वास्थ्यको लागि पनि धेरै फाइदा गर्छ । यसले मानिसहरुलाई क्यान्सरबाट बचाउँछ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।