हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

Education Park

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।

कहिलेकाहि समयसँगै यस्ता तस्विर भेटिन्छन् । जुन् एकदमै दुर्लभ मात्रामा भेटिने गर्दछन् । विश्वमा भैरहने भोकमरी, युद्ध, प्राकतिक विनाशले यस्ता दुखद परिस्थिती र संयोजवस फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गर्न सफल भएका केहि दुर्लभ तस्विरहरु छन् यहाँ । सायद यी तस्विर हेरेपछि मन नछुने विरलै होलान् ।

१. कोलम्वियाको ज्वालामुखि :

फोटोग्राफर फ्राङ्क फुर्नीयरले दुखद अवस्थामा माटो र भवनको विचमा अड्केका बालकको तस्विर खिच्न सफल भएका थिए । यो तस्विर १९८५ मा कोलम्वियामा गएको ज्वालामुखिको बेला हो । जसले एउटा पुरै शहर जमिनमुनी भासिएको थियो भने २५, ००० जनाको मृत्यु भएको थियो ।

२. सिंहको मुटुको अप्रेसन :

२००५ मा पुलीत्जर पुरस्कार जित्न सफल यो तस्विर डेनी फिजमोरिकले लिएका हुन् । ‘सिंह मुटुको अप्रेसन ‘नाम दिईएको यस तस्विरको कथा चाहि ९ वर्षीय इराकी बालकको हो । जो तत्कालीन आधुनिक द्धन्द्धको हिंसामा नराम्रोसंग घाईते भएका थिए ।

३. यमन युद्धमा बालक :

यी ५ महिने बालक युद्धको दौरान यमनमा जन्मे र मृत्युसंग लडे, तर मृत्युलाई जित्न भने सकेनन् । युद्धको समयमा जन्म र खानेकुरा नपाएर मृत्यको मुखमा पुगेका यी बालकको तस्विर मर्नुभन्दा एकदिन अगाडि फोटोपत्रकार उडाइ फैसलले लिएका हुन् ।

४. सुनामी पछि :

एउटा क्षणलाई प्रस्तुत गर्ने यो तस्विर भारतको तामीलमा सुनामी आएको बेला रायटर्सका फोटोपत्रकार एर्को दत्तले लिएका हुन् । यो तस्विरले २००४ को विश्व फोटो अर्वार्ड पनि जितेको थियो ।

५.वल्र्ड ट्रेड सेन्टर :

दुईटा जम्ल्याहा टावर द वल्र्ड ट्रेड सेन्टर मा विमान ठोक्काई दिएपछि निस्केको धुवाँको मुस्लो ।

६. एक्लैको शक्ती :

२००६ मा इजरायली अधिकारी अर्को तर्फबाट आएको बललाई रोक्दै । धेरै सर्बसाधारणले सैनिक शासन भोग्नुपरेको थियो । यो तस्विर द्धन्द्धको समयमा ईजरायली फोटोपत्रकारले खिचेका हुन् । जहाँ एउटा साहसिक महिलाले प्रहरीको बललाई रोक्दै छिन् ।

७. खुट्टामुनी बन्दुकका गोली :

लस एन्जलका फोटोग्राफर क्यारोलीन कोलले लाइबेरिया गएको बेला खिचेको तस्विर हो । यो तस्विरले लाइबेरियाको भयानक ‘सिभील वार’लाई देखाउदछ ।

८. भोकमरीले कसैलाई चिन्दैन :

चाहे उ गरिब दशको होस् या गरिब । सुदिप्ता मौलीकले लिएको यस तस्वीरमा दर्जनौ मानिसहरु खानाको लागी भगवानसंग प्राथना गरिरहेका छन् ।

९. गरिबी :

खानाको लागी नरिवल बेच्न हिडेका यी व्यक्ति साथमा आफ्नो छोरासहित । यो भारतको जयपुर गाउँको हो ।

१०. सुडानको भोकमरी :

  

दक्षिण सुडानको यो तस्विर भोकमरीले सताएका बालकहरूको हो । यहाँ कैयौँ व्यक्ति भोकमरीले ग्रसित छन् ।

११. मृत्युसँग लड्दै :

सिरियामा भइरहेको सिभिल वारको समयमा मृत्युसँग लडिरहेका यी व्यक्ति ।

१२. गिद्ध र सानी बालीका :

गिद्धले ती बालीकालाई मर्छ अनि आफ्नो आहारा बन्छ भनेर पर्खिरहेको छ । १९९३ मा सुडानमा भोकमरीको बेला फोटोपत्रकार क्याभिन कार्टरले लिएको तस्विर हो । यो तस्विर खिचेपछि पत्रकारले आत्यहत्या गरेका थिए ।


थप समाचार

अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

  • 4 minutes ago
अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधरले बहिस्कार गरेका छन् । चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प

टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

  • 9 minutes ago
टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

धनगढी । बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा घाइते भएको पाँचजनामध्ये एकजनाको मृत्यु भएको छ । विस्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय राम सिंहको मृत्यु भएको हो । धनगढीको शहीदगेटस्थिथ निलम होटलम

चियासँगसँगै इलामकाे कफी पनि उत्कृष्ट

  • 24 minutes ago
चियासँगसँगै इलामकाे कफी पनि उत्कृष्ट

इलाम । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।