Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहमासका आतंककारीहरूले इजरायलमा नरसंहार गर्नुअघि क्याप्टागन ड्रग्स सेवन गरेकाे दाबी !

हमासका आतंककारीहरूले इजरायलमा नरसंहार गर्नुअघि क्याप्टागन ड्रग्स सेवन गरेकाे दाबी !


एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको करिब ३ हप्ता भइसकेको छ । यो युद्धमा हजारौं मानिसले ज्यान गुमाएका छन् । हजारौं मानिस घाइते भएका छन् भने सयौं मानिस आतंकवादी संगठन हमासको हिरासतमा छन् ।

हमासका आतंककारीहरूले इजरायलको सीमामा प्रवेश गरी अक्टोबर ७ का दिन बिहान अचानक हमला गरेका थिए।

अब इजरायली समाचार एजेन्सी जेरुसेलम पोस्टको एक रिपोर्ट अनुसार ती आतंकवादीहरूले इजरायलमा नरसंहार गर्नु अघि क्याप्टागन ड्रग्स सेवन गरेका थिए।

इजरायली सेनाले गिरफ्तार गरी मारिएका धेरै आतंककारीहरूबाट क्याप्टागन बुलेटहरू बरामद गरिएको बताइएको छ। यी औषधिहरू सिंथेटिक एम्फेटामाइन प्रकारको उत्तेजक हुन् जुन अवैध रूपमा दक्षिणी युरोपमा उत्पादन गरिन्छ र टर्की हुँदै अरब प्रायद्वीपको उपभोक्ता बजारहरूमा तस्करी गरिन्छ।

यसलाई कोकिन पनि भनिन्छ।

क्याप्टागन ड्रग्स तब चर्चामा आएको थियो, जब आइएसआइएस लडाकुहरूले सन् २०१५ मा आतंकवादी कारबाही अघि आफ्नो भित्री डरलाई दबाउन प्रयोग गरेका थिए।

आतंककारी संगठनहरूको प्रभाव घट्दै गएपछि लेबनान र सिरियाले कमाण्ड लिए र ठूलो मात्रामा लागूऔषध उत्पादन र वितरण गर्न थालेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT