के २०१६ हालसम्मकै उत्कृष्ट वर्ष थियो ?

सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्राषदीको वर्ष थियो । भयानक आतङ्कवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली सङ्कटले दशौं हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । 

सत्तरीभन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा गिरावट आयो तथा ब्रेक्जिट र अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले राजनीतिमा सनसनी मच्चाए, किनभने यी दुवैको आँकलन न मिडियाले गरेका थिए न राजनीतिका दिग्गजले नै गर्न सकेका थिए । अन्तरराष्ट्रिय जनस्वास्थ्य क्षेत्रमा जिका समस्यालाई लिएर आपतकाल घोषणा गरियो । वास्तवमा यो साल हालसम्मकै विषममध्येमा रह्यो । 

अखबारका विचार पृष्ठ पढ्दा यस्तो अनुभव हुन्छ मानौँ सारा विश्व सङ्क्रमणमा छ तथा मानिसका सोच पनि कहालीलाग्दो रुपमा बिभाजित छन् । तर एक कदम पछाडि सरेर हेर्यौं भने आशावादी बनाउने धेरै कारण पनि प्रष्ट छन् । साँच्चै नै हामी इतिहासको सुन्दर समयमा बाँचिरहेका छौँ । अझ महत्वपूर्ण त के भने २४ घण्टे न्युज च्यानल र सामाजिक सञ्जालले बताए जस्तो कतिपय मुद्दा आत्तिनुपर्ने र निद्रा भगाउने खालका पनि होइनन् । 

यो सालको अत्यधिक सम्बोधित समस्या ‘बढ्दो असमानता’लाई नै हेरौँ न । यो अवश्य हो कि पछिल्ला दुई शताब्दीमा उच्च र न्युन आय भएकाको वीच विभेदको खाडल बढेको छ । तर त्यसो हुनुको कारण के हो भने १८२० ताका लगभग सारा विश्वका मानिस अत्यन्त गरीब थिए । ९० प्रतिशतभन्दा बढी मानव पूर्णगरीबीमा बाँचेको थियो । 

तत्पश्चात औधोगिक क्रान्ति द्रुत आय वृद्धि लिएर आयो सन् १९७८ पछि चिनमा र सन् १९९० पछि भारतमा उच्च वृद्धि देखियो । यसको समग्र असर पोहोर साल देखियो । हाल विश्वको १० प्रतिशत जनसंख्या मात्र अति विपन्नतामा बाँचेको छ । 

अझ हाल आएर त विकासशिल देशहरुले विश्वभर नै मध्य आय वर्गको वृद्धिमा ठूलो भूमिका खेल्दै आएका छन् र मध्य आय वर्गको विश्व जनसंख्या १९८५ को एक अरवबाट दुई गुणाबाट बढेर अहिले २०१५ मा २.३ अरब भएको छ । गरीबीमा आएको यस्तो गिरावटले विगत तीन दशकदेखिको आयको असमानतालाई पनि थेगेर राख्न सकेको छ । 

असमानता अरु दृष्टिकोणबाट पनि घटेको छ । १९९२ पश्चात संसारमा भोका र खान नपाएका मानिसको संख्यामा २० करोडले कमी आएको छ, यद्यपि विश्व जनसंख्या यही समयमा दुई अरबले बढेको छ । भोकमरीले सन्तप्तको संख्या पनि १९ प्रतिशत देखि ११ मा आएर झन्डै आधा भएको छ । 

सन् १८७० मा तीन–चौथाई संसार निरक्षर थियो र आयमा भन्दा त्यसबेला शिक्षामा बढी असमानता थियो । अहिले हरेक पाँचमा चार जना पढ्न सक्छन् र विद्यालयमा युवाको अकल्पनीय पहूँच छ । अहिले देखिएको अशिक्षित संख्याको ठूलो भाग पनि पुरानो पुस्ता नै हो । 

स्वास्थ्य क्षेत्रको कथा पनि उस्तै छ । सन् १९९० मा एक करोड ३० लाख बालबालिका पाँच वर्ष पुग्नु अघि नै मर्थे । हाल खोप, पोषक खानेकुरा तथा स्वास्थ्य सेवाको कारणले यो संख्या ६० लाखभन्दा तल आएको छ । अझ महत्वपूर्ण कुरा त आज संसारभर सरदर उमेरको असमानतामा पनि कमी आएको छ किनभने औषधोपचारको क्षेत्रमा आएको परिवर्तनले एक शताब्दी अघि जुन उपचार सेवा कुलिन वर्गको लागि मात्र सम्भव थियो, अहिले धेरैको पहूँचमा पुगेको छ । 

छोटकरीमा भन्दा संसार रसातलोन्मुख भएको होइन । हो, धेरै समस्याको सम्बोधन हुन बाँकी छ तर ती भन्दा कम महत्वका कुराले हाम्रा विचार र सार्वजनिक वहसमा ठाउँँ पाइरहेका छन् । 

ट्रम्पको चुनावी विजय र उनले लत्याएको पेरिस जलवायु सम्झौतालाई लिएर कतिले यसले मानव सभ्यतालाई अन्त्यको संघारमा ल्याउन सक्ने भन्नेसम्म उद्घोष गरे । तर पेरिस सम्झौताले कहिल्यै पनि ग्लोबल वार्मिङको समस्यालाई सुल्झाउन सक्ने सामथ्र्य राख्दैनथ्यो । संयुक्त राष्ट्रसंघकैअनुसार पनि औधोगिकरण अघिको तापक्रमभन्दा दुई डिग्री माथिसम्म मात्रै ल्याउन कार्वन डाइअक्साइड उत्सर्जनमा गरिने कटौतीले एक प्रतिशत मात्र सहयोग पु¥याउने थियो । 

अर्कोतिर ट्रम्पको व्यापार खारेज गर्ने निर्णयलाई पनि विरोध कम छ र बरु न्युयोर्क, वर्लिन र पेरिस जस्ता मुख्य शहरमा समर्थन मिलेको छ । लागत–नाफा विश्लेषणले पनि के भन्छ भने संसारका अति विपन्न जनतालाई पनि सहयोग पु¥याउने एकमात्र शक्तिशाली उपाय स्वतन्त्र व्यापार नै हो । 

मेरो आफ्नै ‘थिङ्क ट्याङ्क’ कोपेनहेगन कन्सेन्सस् सेन्टरले गरेको अनुसन्धानअनुसार पनि लगभग सुषुप्त रहेको विश्व स्वतन्त्र व्यापार सम्बन्धी ‘दोहा डेभलप्मेण्ट राउण्ड’ लाई जगाउन सके मात्र पनि यसले संसारभरका अरबौँ मानिसहरुको आयस्तर बढाउने छ र १५ वर्ष भित्र गरीबीको संख्या १४ करोड ५० लाखले घटाउने छ । 

स्वास्थ्यसम्बन्धी हाम्रा धारणा पनि यसरी नै दिग्भ्रमित छन् । विशेषतः अमेरिकामा जिका भाइरस प्रवेश पछि हामी त्यसैमा रुमल्लिएर बस्यौँ जबकि ब्राजिल वा अन्य विकासशिल देशमा मात्र बालबालिकाको स्वास्थ्यमा जघन्य असार पु¥याउने जिका भाइरस चासोको बिषय हुनु सही हो । क्षयरोगलाई कसैले चासोको बिषय बनाएको छैन तर संसारभर यो जस्तो ज्यानमारा अर्को सरुवा रोग छैन । 

हामीलाई क्षयरोगको निदान थाहा छ अनि बाल मृत्युदर घटाउन र कुपोषणमा कमी ल्याउन पनि आउँछ, तर हाम्रो ध्यान अरु समस्याहरुमा छ । 

तसर्थ हामी २०१७ मा अझ राम्रो गर्ने संकल्प गरौं । हामीले गलत बिषयहरुमा तथा समस्या समाधानका असफल प्रयासा समय खेर फाल्न छोड्नु पर्छ । उदाणका लागि जलवायु समस्यासँग जुध्न हामीले हरित उर्जा सस्तो र सुलभ बनाउन तिनको अनुसन्धान र बिकासमा जोड दिनुपर्छ जसले गर्दा तिनीहरु पेट्रोलियम पदार्थका पर्याय बन्न सकुन् । हामीले स्वतन्त्र व्यापार नै गरीबी निवारणका लागि सबभन्दा उपयुक्त नीति हो भनि आवाज बुलन्द पार्न पनि सक्नुपर्छ । 

साथसाथै के पनि सम्झनुपर्छ भने महत्वपूर्ण सूचकले जीवन विगत भन्दा वर्तमानमा सुन्दर छ भनेर देखाएका छन् । हामीले रोग, अकाल तथा गरीबी विरुद्ध गरेका प्रगतिमा खुशीयाली मनाउनुपर्छ तथा विश्वले सामना गर्नुपरेका वास्तविक समस्याको समाधान गर्न सही र सटिक बिकास पद्दति लगानी गरी अझ अघि लम्कनुपर्छ । (ब्योन लम्बर्ग कोपेनहेगन कन्सेन्सस सेन्टरका निर्देशक तथा कोपेनहेगन बिजिनेस स्कुलका भिजिटिङ प्रोफेसर हुनुहुन्छ ।) अनुवादः एकराज पाठक 


थप समाचार

रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा नौजना विद्यार्थी पक्राउ

  • 1 hour ago
रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा  नौजना विद्यार्थी पक्राउ

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

  • 1 hour ago
‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

  • 2 hours ago
प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।