विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

जुबा, दक्षिण सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् । 

 

“आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताए । 

 

उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए । एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन । 

 

दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताउनु भयो । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ । 

 

दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् । विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताए । 

 

संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ । 

 

दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ । 

 

यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । 

 

सन् २०१७ मा विमानसँग दमकल ठक्कर खाँदा धावनमार्गमा नै दुर्घटनाग्रस्त भएको थियो । तर विमानमा यात्रारत सबै ३७ जनालाई सकुशल उद्धार गरिएको थियो । 

 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 2 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।