यस्ता छन् विमान दुर्घटना हुने १० कारणहरु

Education Park

एजेन्सी । विमान दुर्घटनाका कारण विश्वमा हालसम्म हजारौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि बेलाबेलामा विभिन्न कारण विमान दुर्घटनाहरु हुने गरेका छन् । केही यस्ता कारणहरु रहेका छन् जसका कारण अधिक विमान दुर्घटना हुने गरेका छन् ।

 

तीन समस्याहरुको सही विश्लेषण हुन नसक्दा आज पनि धेरै विमान दुर्घटना हुने गरेको र हजारौँले ज्यान गुमाउनु परेको छ । 

 

विमान दुर्घटना हुने मुख्य १० कारणबारे आज हामी चर्चा गर्नेछौँ । 

 

हावा

हावाका कारण डरलाग्दा विमान दुर्घटना भएको इतिहास रहेको छ । माथि, पछाडि र साइडबाट ठुलो हावा लाग्दा विमानको विंसमा समस्या आउने गर्छ जसका कारण विमान तीब्र बेगमा आफ्नो एल्टिट्युड गुमाउँन पुग्छ । यस्तो अवस्थामा विमान सवार बेल्ट नलगाएका यात्रीहरु घाइते हुने गर्छन् । यसमा सबैभन्दा खतरनाक मानिएको हुन्छ माइक्रोब्रष्ट । विभिन्न आँधीका कारण एभियसन इतिहासमा भएका डरलाग्दा घटनाहरु यस्ता रहेका छन् । 

१९५६ कानो एयरपोर्ट, बिओएसी अर्गोनउट

१९७१  कोपेनहेगन एयरपोर्ट, मालेभ इलिुसियन आइआइ–१८ 

१९७५ जोन एफ केनेडी इन्टरनेशनल एयरपोर्ट, इस्टर्न इयर लाइन्स फ्लाइट६६, बोइङ ७२७–२२५

१९८२ न्यु अरलेन्स इन्टरनेशनल एयरपोर्ट, पान एम फ्लाइट ७५९

१९८५ डालास–फर्ट वर्थ इन्टरनेशनल एयरपोर्ट, डेल्टा इयर लाइन्स फ्लाइट १९१

१९९२ फारो एयरपोर्ट, मर्टीनेयर फ्लाइट ४९५

१९९४ चार्लोटी–डगलास इन्टरनेशनल एयरपोर्ट, युएस इयर फ्लाइट १०१६, डगलास डिसी–९

 

सफ्ट वेयर 

पछिल्लो समय विमानहरु अटोमेटिक ल्यानडिङमा भर पर्ने गर्छन् । तर, पाइलटले देख्न सक्ने भनेको जम्मा ७५ मिटर मात्र हो त्यो पनि प्राय  राति र हुस्सुमा । त्यस्तो अवस्थामा प्रविधिले नै पुरै जिम्मा लिने गरेको हुन्छ । कहिलेकाही सफ्टवेयरले गर्ने काम र पाइलटबीचको असमझादरीका कारण ठुलै घटना हुने गरेको छ । सन् १९९३ मा एयरबस ए३२० सोही घटनाको शिकार भएको थियो जसमा दुई जनाको ज्यान गएको थियो । 

 

प्रकृति

धरतीमा रहेका विभिन्न ठाउँका आफ्नै विशेषता रहेका छन् । केही ठाउँ अति चिसो छन् भने केही ठाउँ अत्यन्त तातो रहेका छन् । बरफ जम्ने स्थान र ज्वालामुखी गइरहने स्थानमा पनि ज्यादा विमान दुर्घटना भएको तथ्य धेरै रहेका छन् ।  सन् १९८८ मा जहाज चरासँग ठोक्किदा २०० जनाको ज्यान गएको थियो । प्रकृतिको आफ्नै विशेषता भएका कारण पनि विमान दुर्घटनाको एक कारण मानिएको हो ।

 

सञ्चार राम्रोसँग नहुनु र पाइलटको गल्ती 

गलत बुझाईका कारण पनि विमान दुर्घटना हुने गरेका छन् । विमान दुर्घटनाको अर्को प्रमुख कारण विमान चालक पनि हुन् । उनले कहिलेकाँही व्यक्तिगत निर्णय लिइदिदाँ विमान दुर्घटना भएका धेरै उदाहरण रहेका छन् । 

 

थकान र राम्रोसँग सुत्न नपाउनु

लगातार १७ धण्टासम्म विमान चलाउनु भनेको शरिरमा ०.५ रक्सी हुनु बराबर मानिन्छ । पाइटले विमान टेक अफ र ल्याण्डिङ गर्ने क्रममा विशेष ध्यान दिनुपर्छ । यही क्रममा धेरै विमान दुर्घटना हुने गरेका छन् । 

 

मर्मत

विमानको मर्मतमा ध्यान नदिनु पनि दुर्घटनाको एक प्रमुख कारण हो । 

 

तेल

विमान उडाउन आवश्यक तत्व तेल हो । विमानमा थोरै तेल राख्दा सानो यात्रा हुने गर्छ भने धेरै तेल राख्दा यसले दिने परफरमेन्स असर पर्ने विज्ञहरु बताउँछन् । एउटा एयरबस ३८० को तौल तेल हालेपछि दुई गुणा हुन्छ । 

 

हाइज्याकिङ

विमान अपहरणका किस्साहरु हामीले धेरै नै सुनेका छौँ । यस्तो अवस्थामा पनि विमान दुर्घटना हुने सम्भावना बलियो हुन्छ । ककपिट बुलेट प्रुफ हुन्छन् भने सिसिटिभीबाट सबै कुराहर नियाली रहेको हुन्छ । तर, एउटा हतियारका भरमा पुरै विमान नै नियन्त्रणमा लिने सम्भावना बलियो हुन्छ । अमेरिकामा ट्रेण्ड र लाइसेन्स लिएका एयर पाइलटलाई हतियार राख्न दिने र सम्भावित दुर्घटनाबाट जोगाउन अनुमित दिएको छ ।

 

मिसाइल्स

पछिल्लो समय मिसाइल्स आक्रमणबाट पनि विमान खसालेका घटनाहरु आउन थालेका छन् । ती घटनामा परि सयौँले ज्यान गुमाएका उदाहरणहरु पनि त्यतिकै छन् ।

 

सन् २०१४ को जुलाई १७ मा मलेसिया एयरलाइन्स फ्लाइट १७, बोइङ ७७७–२००इआर जुन एमस्टरड्यामबाट क्वाललमपुर उडेको थियो, उक्त विमानलाई सोभियतले युक्रेन नजिक मिसाइल हानेर खसालेको थियो । उक्त घटनामा परी २८३ जना यात्रुहरुसहति १५ जना विमानका कर्मचारीहरुको ज्यान गएको थियो । ८० जना त बच्चाहरुमात्रै थिए । 

 

पाइलटको आत्मघाती घटना गराउने चाहना

केही पाइलटहरु मानसिक रुपमा अस्वस्थ रहेको तथ्य बाहिर आएको थियो । त्यस्तो अवस्थामा रहेर उनीहरुले विमान दुर्घटना गराउने गरेको बताइन्छ । सन् १९९९ इजिप्ट इयर फ्लाइट ९९० केश, सन् १९८२ का जापान एयरलाइन्स फ्लाइट ३५० केशहरुले पाइलटले आत्मघाती घटना गराउन सक्ने सम्भावना पनि उत्तिकै देखाएको थियो । सन् २०१५ मा जर्मनीमा भएको एक विमान दुर्घटनामा को–पाइलटका कारण विमान दुर्घटनामा परेको थियो । 

 

 

 

 

 

 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 9 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 9 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र