पानीसँगै हरेक साता पाँच ग्राम प्लास्टिक पनि खान्छौं ! अनुसन्धानमा के छ ?

Education Park

काठमाडौं । पानी बिनाको मानव जीवन कल्पना गर्न पनि सकिन्न । हामीले दैनिक दुई देखि तीन लिटरसम्म पानी पिउनुपर्छ । यसरी पानी पिउने क्रममा हरेक साता एक क्रेडिक कार्ट जत्रो प्लास्टिक मानव शरीरमा प्रवेश गरिरहेको हुन्छ भन्दै गर्दा सबैलाई आश्चर्य लाग्नसक्छ । तर, यो सत्य हो । 

 

एक रिपोर्टका अनुसार हरेक सात दिनमा पानीसँगै मानव शरीरमा पाँच ग्राम प्लास्टिक जान्छ । जसको मुख्य कारण खाने पानीको बोतल प्लास्टिककको हुनु र खाने पानीको पाइप प्लास्टिकको हुनु बताइएको छ । जहाँ प्लास्टिकको स–साना कणहरु पाइन्छन् ।

 

वल्र्ड वाइड फण्ड फर नेचर (डब्लुडब्लुएफ) मा प्रकाशित एक रिपोर्टमा खानेपानीमा प्लास्टिक हुने दाबी गरिएको छ । यो रिपोर्ट युनिभर्सिटी अफ न्युकैलस र अष्ट्रेलियालगाएत विश्वभर भएका ५२ वटा भन्दा बढी अनुसन्धानमा आधारित छ ।

 

‘डब्लुडब्लुएफ’का इन्टरनेशनल निर्देशक जनरल मार्को लैंबरटिनीका अनुसार प्लास्टिकले महासागरलाई मात्र दुषित नबनाई मानिसलाई समेत हरेक सेकेण्ड दुषित बनाइहरेको छ । रिपोर्टको दाबी अनुसार हरेक साता करिब दुई हजार भन्दा बढी प्लास्टिकका कणहरु हाम्रो शरीरमा प्रवेश भइरहेका छन् । हरेक महिना करिब २१ ग्राम प्लास्टिक निल्ने गर्छौं, भने एक वर्षमा करिब २५० ग्राम भन्दा बढी प्लास्टिक हाम्रो शरीरमा प्रवेश हुन्छ ।

 

पहिलो पटक पानीमा प्लास्टिकको कण हुने गरेको रिपोर्ट सार्वजनिक भएको हो । युनिभर्सिटी अफ न्युलैस र अष्ट्रेलियाको अनुसन्धानकर्ताहरुले मानव शरीरमा प्लास्टिक प्रवेश गर्नुका धेरै मुख्य कारणहरु भएको बताएका छन् । जसमध्ये समूद्रमा रहने शैलफिस पनि एक हो । यो माछा खाँदा पनि मानव शरीरमा प्लास्टिकको इन्ट्री हुन्छ । यसका साथै बियर र नुनमा समेत प्लास्टिक हुने दाबी गरिएको छ ।

 

अनुसन्धानमा बताइएको छ कि अमेरिकामा १३० माइक्रोस भन्दा पनि स–सानो करिब ४५००० पार्टिकल्सहरुले हरेक वर्ष मानव शरीरमा प्रवेश गर्छन् । यस अनुसन्धानमा पाइपको पानीमा सबै भन्दा बढी प्लास्टिक फाइबर हुने बताइएको छ । 

 

भर्खरै युनिभर्सिटी अफ इष्ट अंगालियाका प्रोफेसर ऐलेस्टर ग्रान्टले एजेन्सी फ्रान्स प्रेस मार्फत भनेका छन्, ‘पानीमा प्लास्टिक हुने कुरा सावित भइसकेको छ । तर मलाई लाग्छ यसले मानव स्वास्थ्यमा त्यति धेरै असर गर्दैन ।’

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 30 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 33 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 41 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।