रसिया विश्वकप खेल्न नपाउने यी १२ चर्चित खेलाडी

  • सोमबार, १४ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

 काठमाडाैं । रसिया विश्वकपमा केही चर्चित खेलाडीहरु भने खेल्न नपाउने भएका छन् । ति खेलाडीहरुमध्ये केहीलाई प्रशिक्षकको रोजाइमा परेका छैनन् भने केही केही खेलाडीहरु चोटको कारणले गर्दा मैदान बाहिरै रहने भएका छन् । 

खेलाडीहरु

 

करिम बेन्जेमा

यो विश्वकपमा अनुपस्थित हुने पक्का भएका खेलाडीहरुमा करिम बेन्जेमा शीर्षस्थानमा रहेका छन् । उनले सन् २०१५ को अक्टोबरयता कुनै पनि खेलमा सहभागिता जनाउन सकेका छैनन् भने यो विश्वकपमा पनि उनले खेल्ने सम्भावना निकै कम रहेको छ ।

 

अक्सलेड चेम्बरलिन

यो विश्वकप छुटाउने अर्को महत्वपूर्ण खेलाडीको नाम हो– एलेक्स अक्सलेड चेम्बरलेन । लिभरपुलका यी मिडफिल्डर अहिले घुँडाको चोटको कारण आराम गरिरहेका छन् । रेड्स च्याम्पियन्स लिगको सेमिफाइनलमा देखिएको चोटको कारण उनी अहिले आराम गरिरहेका हुन् ।

 

ड्यानी आल्भेज

 

ब्राजिलका डिफेन्डर ड्यानी आल्भेजले पनि यो पटकको विश्वकप गुमाउने भएका छन् । उनी अहिले घुँडाको चोटको कारण आराम गरिरहेका छन् भने उनको स्थानमा फाग्नरलाई रुस पठाउने निर्णय ब्राजिलले गरिसकेको छ ।

 

जलाटन इब्राहिमोभिक

स्विडेनका जलाटन इब्राहिमोभिकले पनि यसपटकको विश्वकप गुमाउने भएका छन् । टोलीको अन्तिम २३ मा नअटाएसँगै इब्राहिमोभिक पनि यो विश्वकपबाट बाहिरिने भएका हुन् ।

 

जियानलुइगी बुफोन

इटालीका जियानलुइगी बुफोन यो विश्वकपमा देखिने छैनन् । यो विश्वकपपछि सन्यास लिने सोचमा रहेका ३९ वर्षीय इटालीका गोलकिपरको योजना टोली विश्वकपको छनोटबाटै बाहिरिएपछि अधुरो रहन पुगेको हो ।

 

एन्टोनिया भ्यालेन्सिया

इक्वेडर तथा म्यानचेस्टर युनाइटेडका डिफेन्डर एन्टोनियो भ्यालेन्सिया पनि यो विश्वकपमा देखिने छैनन् । इक्वेडर पनि यस पटकको विश्वकपको लागि छनोट हुन नसकेसँगै रुस विश्वकपको उनको ढोका बन्द भएको हो ।

 

भ्यान डिएक्स

नेदरल्याण्डका डिफेन्डर भर्जिल भ्यान डिएक्स पनि यो विश्वकपमा देखिने छैनन् । नेदरल्याण्ड पनि युरोपबाट विश्वकपमा छनोट हुन नसकेसँगै उनले आफ्नो क्षमता यो विश्वकपमा देखाउन नपाउने भएका हुन् ।

 

आर्जेन रोबेन

यस्तै अवसर मिस गर्ने सोही टोलीका अर्का खेलाडी आर्जेन रोबेन पनि हुन् । उनले यो विश्वकपमा छनोट हुन नसकेसँग आफ्नो खेल जीवनबाटै सन्यासको घोषणा गरेका छन् ।

 

डेभिड आलबा

अष्ट्रियाका डिफेन्डर डेभिड आलबा पनि यो विश्वकपमा देखिने छैनन् । बार्यन म्युनिखबाट फुटबल खेलिरहेका उनी आफ्नो टोली विश्वकपबाट बाहिरिएसँगै रुसको यात्रामा सहभागी नहुने भएका हुन् ।

 

अर्टुरो भिडाल

यसअघिको विश्वकपमा धेरैको ध्यान आकर्षित गर्न सफल रहेका चिलीका मिडफिल्डर अर्टुरो भिडाल पनि यो विश्वकपमा देखिने छैनन् ।

 

ग्यारेथ बेल

रियल मड्रिडका महत्वपूर्ण स्ट्राइकर गेरेथ बेल पनि यो विश्वकपमा नसुनिने ठुलो नाम हो । वेल्स यो विश्वबपमा छनोट हुन नसकेसँगै उनको लागि रुस विश्वकपको ढोका बन्द भएको हो ।

 

एलेक्सिस साञ्चेज

 

चिली तथा आर्सनलका स्ट्राइकर एलेक्सिस सान्चेजले पनि यो विश्वकप गुमाउने भएका छन् । दक्षिण अमेरिकन टोलीले यसपटकको विश्वकपका लागि स्थान बनाउन नसकेसँगै रुस विश्वकपबाट सान्चेज पनि बाहिरिएका हुन् ।

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 1 hour ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 1 hour ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 1 hour ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।