प्लमस्टिडको तीज कार्यक्रममा भागवतवाचिका माताको प्रवचन पनि

  • मंगलबार, २६ भदौ, २०७५
  • 2 months ago
  • युके
नेपालकै प्रथम भागवत वाचिका माता सपनादेवी श्रेष्ठ

 

लण्डन । लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष तीजको दिन आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष पनि बुधबार हुंदैछ । 

 

एशिएन कम्युनिटी सेन्टरमा दिउंसो ३ बजेदेखि सांझ ९ बजेसम्मका लागि कार्यक्रम निर्धारित छ । 

 

कार्यक्रममा प्रमुख आकर्षणको रुपमा यसपटक नेपालकै प्रथम भागवत वाचिका माता सपनादेवी श्रेष्ठको पनि सहभागिता रहने भएको छ । देश तथा विदेशका नेपालीहरुमाझ ख्यातिप्राप्त माता श्रेष्ठले सो अवसरमा विशेष प्रवचन दिने भएकी छन् । 

 

त्यसबाहेक नियमित कार्यक्रममा सहभागी व्रतालु महिलाहरुले तीजको पूजा र नाचगान गर्ने कार्यक्रम छ । महिलाहरुलाई नचाउन कार्यक्रममा डिजेको बन्दोबस्त गरिएको छ । 

 

व्रतालु महिलाहरुको लागि निशुल्क पानी र फलफूलको व्यवस्था गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले बताए । 

 

कार्यक्रममा सहभागिताका लागि १२ वर्ष उमेर माथिकाहरुको लागि मात्र ५ पाउण्डको प्रवेश शुल्क राखिएको छ ।

 

पशुतिनाथ मन्दिरले विगत डेढ दशकदेखि हरेक वर्ष तीजको दिनमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।  

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 5 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।