IIMS College

ISMT

HUB Education

विकासकाे गति एक कदम भए पनि अघि बढ्नुपर्छ : प्रधानमन्त्री अाेली

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् । 

 

आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याए । 

 

‘हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ । त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।’ 

 

मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिए । 

 

‘विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्’, प्रधानमन्त्रीले थपे, ‘सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।’

 

कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले नेपाल वायुसेवा निगमको ‘वाइबडी’ जहाज उडाउने तयारी तथा निगम घाटामा जानाको कारणबारे पनि जिज्ञासा राखेका थिए । 

 

प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयलाई वृक्षरोपणमा मात्र नभई कृषि वन बढाउन पनि आग्रह गरे । उनले निर्देशन दिए, ‘अनुत्पादक जातका बिरुवा होइन प्रतिफल दिने फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्, त्यसोे गरेमा फल जति जनताको, बोटजति सरकारको हुन्छ ।’ 

 

सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त प्रस्तुत गर्दैै प्रधानमन्त्रीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने औँल्याए । ‘बृहत् मात्रामा कृषि उत्पादन गरौंँ, जसले निर्यात प्रवर्द्धनमा पनि सघाओस्’, कृषिको उत्पादकत्व वृद्धि सुझाउँदै उनले भने । 

 

उनले कृषि, उद्योग, पर्यटन र सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई हटाउन निर्देशन पनि दिए । ‘यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यसो हुनु भएन’, उनले भने ।


थप समाचार

'अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन'

  • 9 minutes ago
'अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन'

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ ।

बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

  • 20 minutes ago
बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसनलाई बधाई दिएका छन् । जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई गत बिहीबार भएको निर्वाचनमा भारी बहुमत

यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

  • 36 minutes ago
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।