शिक्षा क्षेत्रबाट लगानीअनुसारकाे प्रतिफल अाउन सकेन : प्रम अाेली

फाइल फाेटाे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताएका छन् । 

 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए । 

 

उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गरे । 

 

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले उल्लेख गरे । 

 

‘अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ’, उनले भने, ‘अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छौं । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।’ 

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताए । 

 

’निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन’, उनले भने, ‘निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।’ 

 

प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम गर्न बनेको पनि स्पष्ट गरे । 

 

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामा बाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरु लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराए । 

 

स्वदेशमै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । 

 

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा १५० भन्दा बढी कलेजको सहभागिता रहेको छ । 

 

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा तीन दिनसम्म सञ्चालन हुने यस मेलामा करीब दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ । 


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 26 minutes ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 31 minutes ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 44 minutes ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।