चीनसँग व्यापार घाटा सन्तुलनमा ल्याउन छलफल हुन्छ : प्रधानमन्त्री अाेली

फाइल फाेटाे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताएका छन् । 

 

मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उनले भने, ‘चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधलाई थप सुदृढ बनाउने छ ।’ 

 

प्रधानमन्त्री ओलीले व्यापार घाटा सन्तुलनमा ल्याउने तथा जलविद्युत् क्षेत्रको विकास, रेल सेवा, ऊर्जा, पुननिर्माण, अन्तरदेशीय प्रसारण लाइन, पर्यटन प्रवद्र्धनलगायत विषयमा चीनको सहयोग र सहभागिताका विषयमा छलफल गरिने जानकारी दिए । 

 

चिनियाँ लगानी नेपालमा अभिवृद्धि गर्ने, उद्योग, संस्कृतिलगायत विभिन्न क्षेत्र र सीमावर्ती क्षेत्रमा दुई देशबीच कुनै पनि समस्या नआओस् र पारस्परिक लाभका आधारमा सम्बन्ध सुदृढ बनाउन योगदान पुगोस् भन्ने आधारमा चिनियाँ नेतासँग छलफल हुने प्रधानमन्त्री ओलीले बताए । 

 

गत आवमा नेपालको चीनसँगको व्यापारमा व्यापार घाटा करीब रु. एक खर्ब पाँच अर्ब पाइएको छ । 

 

प्रधानमन्त्री ओलीले मुलुकमा द्रुत रुपमा विकास गर्न छिमेकी राष्ट्रको पनि सहयोग लिनुपर्ने औँल्याउँदै सरकार गठनलगत्तै भएको भारत भ्रमणपछिको नतिजा देखिएको र तराईमा डुबानलगायत समस्या समाधान गर्न योजना बनाइरहेको जानकारी दिए । 

 

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी लि खछ्याङको निमन्त्रणामा हुने मंगलबारदेखिको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट तथा नेताहरुसँग समेत भेट गर्नेछन् । 


थप समाचार

पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

  • 6 minutes ago
पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

  • 8 minutes ago
माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्द

‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

  • 10 minutes ago
‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् । यो समाचार आजको नागर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।