प्रधानमन्त्री अाेली असार पहिलाे साता चीन जाने

फाइल फाेटाे

काठमाडौं । दक्षिणी छिमेकी देश भारत भ्रमण गरेको दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी देश चीन भ्रमण गर्ने भएका छन् ।

 

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली असारको पहिलो साता चीन भ्रमणमा जाने निश्चित भएको छ ।प्रधानमन्त्री ओली ५ दिने चीन भ्रमणमा जान लागेका हुन् ।

 

यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणको वातावरण मिलाउन गत वैशाख पहिलो साता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ६ दिनको चीन भ्रमण गरेका थिए ।

 

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको चीन भ्रमण निश्चित भएपनि मिति तय भइनसकेको बताए । ‘भ्रमण निश्चित हो, दुवै पक्षको सहमतिमा मिति चाँडै तय हुन्छ’ सल्लाहकार अर्यालले रातोपाटीलाई बताए ।

 

प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने केही खुलाएको छैन । प्रधानमन्त्रीको भ्रमणको तय गर्न चीनको लागि नेपालका राजदूत लिलामणि पौडेल हालै नेपाल आएर चीन फर्किसकेका छन् । 

 

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चीन भ्रमण गरिसकेको र त्यसैअनुसार परराष्ट्रले समेत तयारी गरिरहेको दावी सल्लाहकार अर्यालले गरे ।


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 3 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 5 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 7 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।