अाेली सरकारकाे घट्दाे साख !

लामो समयसम्म अस्थिरताको ९ महिने सरकार बन्ने र ढल्ने गर्दा सरकारको काम कारबाही नै फितलो बनेको र देश निर्माण र विकासका लागी स्थायी सरकारको परिकल्पना गरेको आम नेपाली जनता आजको दिनसम्म आइपुग्दा थप निराश बन्न पुगेका छन् । 

 

दुई तिहाई प्राप्त इतिहासकै बलियो सरकार बनेको ओली सरकारबाट आम जनताले आश र भरोशा राख्नु अस्वाभाविक थिएन । तर जुन आशा र विश्वास सरकार बन्दा जनतामा जागेको थियो, त्यो आशा र विश्वासमा तुषारापात भएको छ । 

 

नेपाली काँग्रेसको लामो समयसम्मको सत्ता त्रासदीवाट आजित बनेको जनता लोकतान्त्रिक कम्युनिष्ट सरकार त्यहि माथी दुई तिहाईको सरकार जनताप्रति उत्तरदायी बन्नुभन्दा पनि अनुदार बन्दा घोर नैराश्यता उत्पन्न हुन पुगेको छ । सरकारको यहि गतिविधिका कारण ओली सरकारको लोकप्रियता दिन–प्रतिदिन खस्कदैँ गइरहेको छ । 

 

सिण्डिकेट अन्त्य गर्ने मनसायका साथ अगाडी बढेको सरकार सिण्डिकेट विरुद्धको योजनामा अगाडी बढ्दा जनताले जति साथ दिएर वाहवाही गरेको थियो, त्यति नै सरकारको पछिल्लो भूमिकाबाट विक्षिप्त बन्न पुग्यो । 

 

सिण्डिकेट अन्त्य गर्ने योजना पनि सरकारका आसेपासेका कारण कागजमा मात्र सीमित बनिदियो । भनाई र गराईमा तादात्म्यता नहुँदा बलियो सरकारको क्षमतामाथी नै शंकाको बादल लागिदियो । सरकार केवल बोल्दछ मात्र तर केहि पुरा गर्देन भन्ने आभाष बजेट भाषणले पनि पुष्टी गरिदियो । 

 

चुनावमा कम्युनिष्टले वृद्धवृद्धामाथी गरेको वाचा होस् वा अन्य कार्यक्रम, त्यो त केवल चुनावी नारा मात्र रहेको पुष्टि गरिदियो । आफनो बजेट र योजनाका लागि दुरदृष्टि अगाँल्न नसकेको ओली सरकारलाई पूरक वजेट मार्फत भए पनि वृद्धभत्ता बढाउने योजनाले झन स्खलित बनाइदियो । 

 

वि.सं. २०५१ सालमा मनमोहन अधिकारीको अल्पमतको सरकारले गरेको कार्ययोजनाले मोहित आम जनता साँच्चै कम्युनिष्टसरकारले देशमा रोजगारी, विकास र समृद्धि ल्याउने आशामा थिए । तर सरकार जनताको आशा र विश्वास जोगाउने भन्दा पनि टुटाउने योजनामा अगाडी बढिरह्यो । 

 

काँग्रेसको लामो समयको सत्ताबाट आहत नेपाली जनताले नयाँपन र विकास तथा समृद्धि आउने आशामा कम्युनिष्टलाई बहुमत दिएर सरकार बनाइदियो । बहुमत हुँदै दुई तिहाईको बनेको सरकार त्यहि दम्भले उम्लिएर पोखियो । जुन अहिलेको अराजकताको शृङ्खलाले पुष्टी गरेको छ । 

 

आम जनता के चाहन्छन् भन्दा पनि भाषणमा मात्र विकास र समृद्धिका रटान लगाउने सरकार र सरकारका मन्त्रीहरू उद्घाटन र भाषणमा रम्न पुगे । संघीयता कार्यान्वयनमा गम्भीर भएर जनताको चाहना पुरा गर्न भन्दा सस्तो लोकप्रियताले सरकारको असक्षमता प्रष्ट गरिदिएकाे छ । 

 

तस्करीले प्रश्रय पाएको आवाज उठिरहेको सन्दर्भमा ३३ किलो सुन तस्करीको मुख्य अभियुक्त र ठूला माछा समेत समात्न नसकेको सरकार तस्करीलाई कारवाही होइन, ढाकछोप र संरक्षण गर्न उद्यत भयो । आम जनताको चासो समेत रहेको सुन तस्करलाई कारबाही नहुनुले नेपालको कानुन केवल सोझासाझा जनताका लागि मात्र रहेछ भन्ने थप प्रमाणित गरिदियो । सडकमा जिविकोपार्जन र हात मुख जोर्नका लागि तरकारी बेच्ने आम जनताको तरकारी सडकमा फालेर सुशासन र समृद्धिका नारा फलाक्ने सरकार घुस्याहा, फटाहा र भ्रष्टाचारीको मीत बनिदियो । सुशासन र समृद्धि त केवल चुनावी भाषणका लागि मात्र रहेको सावित भइदियो ।

 

श्रावण १० गते घरबाट निस्केकी निर्मला पन्तको बलात्कार पछि हत्यामा सिङ्को देश नै आन्दोलित भयो । बलात्कारीलाई सजायको मागसहित भएको आन्दोलनमा एक जनाको ज्यान गयो भने कयौं जीवन मरणको दोसाँधमा छन् । बलात्कारजस्तो जघन्य अपराधमा सिङ्गाे देश नै आन्दोलित भइरहँदा समेत बलात्कारीलाई पक्रन नसकेर दुई तिहाई बहुमतको सरकार रमिते बनिदियो । 

 

देशका विभिन्न भागमा बलात्कारले सीमा नाघिरहँदा पनि पक्राउ नपर्नु र सरकारले कारवाही गर्न नसक्दा सरकारको भूमिकामा नै सन्देह पैदा गरिदियो । गल्ती गर्नेले सजायँ पाउने आम सिद्धान्त विपरित सत्ता र शक्तिलाई नै महान् सोच्ने सरकारलाई निर्मलाको घटनाले पटाक्षेप गरिदियो । सरकार भन्दा बलात्कारी बलियो रहेछ भन्ने आवाज बुलन्द भइरहदाँ पनि के र कसका लागि सरकार लागिरहेको छ ? सरकार निरीहतामा नांगो नाच नाचिरहेको छ । 

 

चिकित्सकको आन्दोलनमा डा. केसीलाई भजाएर स्वास्थ्य क्षेत्रजस्तो संवेदशील क्षेत्रमा पनि आम सर्वसाधारण जनताप्रति सरकार उत्तरदायी बन्न सकेन । चिकित्सकले जे जति लापरवाही र जनतामाथी आर्थिक भार थोपरे पनि हुने, कारवाही नहुने सरकारको निर्णय निर्मला पन्तको बलत्कारमा संलग्नलाई कारवाहीको मागसहित आमजनताको त्यत्रो आँधीबेहेरीको आन्दोलनमा भने मौन बनिदियो । 

 

चिकित्सकको आन्दोलनमा सधैं झुकेको सरकार दुई तिहाई बहुमतको दम्भले पनि अडिन सकेन । हरेक मुद्दामा असफल सरकार कसका लागि ? आम जनताले सोधिरहेका छन् । सुशासन, समृद्धि र विकासका नारा ओकल्ने ओली सरकारको यहि व्यवहार सच्चिएन भने भोलिको भविश्य के हुने भन्ने कुरा दुई तिहाईको दम्भ बोकेको सरकारले सोचेको देखिदैन ।


थप समाचार

बलिउड कलाकारका बाल्यकालका तस्बिर, चिन्नै मुश्किल !

  • 7 minutes ago
बलिउड कलाकारका बाल्यकालका तस्बिर, चिन्नै मुश्किल !

एजेन्सी । बलिउड स्टार सधै आफ्ना विलासी जीवनशैली र आफ्ना सुन्दर लुक्सका कारण चिनिएका छन् । जसको बारेमा धेरै कुरा जान्न फ्यानहरु सधै उत्सुक रहने गर्छन् ।

Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

  • 19 minutes ago
Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

Kathmandu: A total of 454 people lost their lives to several incidents of natural disasters last year in the country, the official data shows.

Unidentified gunmen kill 13 at Mexican party

  • 26 minutes ago
Unidentified gunmen kill 13 at Mexican party

MINATITLÁN, Mexico: Thirteen people, including a child, were killed Friday when a group of unidentified gunmen opened fire on a party in the violence-wracked eastern Mexican state of Veracruz, officia



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।