प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

  • सोमबार, २७ जेष्ठ, २०७६
  • 1 week ago
  • युके
Education Park

 

लण्डन । बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसंग भेटवार्ता गरेका छन् । 

 

लण्डनको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा दुई समकक्षीबीचको भेट करिब आधा घण्टासम्म चलेको थियो । 

 

भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसंग गोर्खाहरुको समस्या समाधानको  लागि पहल गर्न आग्रह गरेका थिए  । गोर्खा भर्तीसम्बन्धी बेलायत , भारत र नेपालबीचका भएको त्रिपक्षीय सन्धीमा पुनरावलोकन हुनुपर्ने धारणा समेत प्रधानमन्त्रीले राखेका थिए । 

 

२ सय वर्ष पुरानो कुटनीतिक मित्र बेलायतबाट अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको सन्दर्भमा बेलायती प्रधानमन्त्रीलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रधानमन्त्री ओलीले जनाएका थिए । 

 

नेपालजस्तो बेलायतको घनिष्ठ मित्र राष्ट्रमा अहिलेसम्म पनि बेलायती प्रधानमन्त्रीबाट भ्रमण नहुनु दुखद रहेको भन्दै प्रधानमन्त्री मेले अब निर्वाचित हुने प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा पास गरिदिने प्रतिबद्धता गरेकी थिइन् । 

 

भेटका अवसरमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गर्दै आएको सहयोग तथा भूकम्पपछिको राहत र पुननिर्माणमा गरेको सहयोगका लागि समेत धन्यवाद दिएका थिए । 

 

प्रधानमन्त्री टेरिसा मेसंगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीलाई पनि भेटेका छन् । केन्सिंगटन प्यालेसमा भएको भेटका क्रममा प्रधानमन्त्रीले भूकम्पपछिको पुननिर्माणमा गरेको सहयोगका लागि राजकुमार ह्यारीलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । 

 

प्रधानमन्त्री र राजकुमार ह्यारीबीच नेपाल बेलायत सम्बन्धका विभिन्न पक्षहरुसहित बेलायती सेनामा कार्यरत गोर्खाहरुको विषयमा समेत छलफल भएको थियो । 

बेलायती राजपरिवारको प्रतिनिधिका रुपमा राजकुमार ह्यारीले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । 

 

यसैबीच प्रधानमन्त्री ओलीले बेलायतको प्रमुख विपक्षी पार्टी लेबरका नेता जेरेमी कोर्बिनलाई पनि भेटेका छन् । वेस्टमिनिस्टरस्थित हाउस अफ पार्लियामेन्टमा प्रधानमन्त्री र नेता कोर्बिनबीच भेटघाट भएको हो । 

 

त्यसअघि बेलायतको सर्वदलीय संसदीय समितिका सदस्य सांसदहरुले हाउस अफ पार्लियामेन्टमै प्रधानमन्त्रीको सम्मानमा एक दिवाभोज आयोजना गरे । 

 

त्यसअवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेलायत तथा नेपालको दुई शताब्दी लामो सम्बन्धलाई थप बलियो पार्नकै लागि आफु बेलायत भ्रमणमा आएको बताएका थिए । 

 


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 5 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 10 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 21 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।