IIMS College

ISMT

HUB Education

लण्डन काठमाडौँ सिधा हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीसंग एनआरएन यूकेको माग

  • मंगलबार, २८ जेष्ठ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन ।  गैर आवासीय नेपाली संघ यूकेको एक प्रतिनिधिमण्डलले बेलायतको भ्रमणमा आउनुभएका प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेटेर लन्डन काठमाडौँ सिधा हवाई सेवा सञ्चालन गर्न माग गरेको छ ।

 

मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा उक्त अभिनन्दनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरियो।

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट  सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसंग उच्चस्तरीय वार्ता टोली बनाउन  पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उहाँहरुको नागरिकताको विषयलाई  अलग ढंगले सम्बोधन गर्न आग्रह गर्नु भयो।   त्यस्तै उहाँले  गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट  वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो। 

 

सो कार्यक्रममा एनआरएन आइसीसीका  उपाध्यक्ष  कुल आचार्यले  नेपालमा लगानी भित्राउन गैर आवासीय नेपाली संघले  नेपाल सरकारसंग सहकार्य गरिरहेको बताउनु भयो।

 

उहाँले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गर्नु भयो। उपाध्यक्ष आचार्यले ”एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसंग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह पनि गर्नुभयो।

 

सोहि अवसरमा एनआरएन युकेले प्रधानमन्त्री ओलीलाई उहाँले नेपालको  प्रजातान्त्रिक आन्दोलनमा पुराएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाट नागरिक अभिनन्दन गर्यो । 

 

भेटघाट कार्यक्रममा  एनआरएन यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल  उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला  राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आइसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सरांगकोटी,   संगीता मरहट्टा लगायतको सहभागिता थियो।  

 

उक्त समारोहमा एनआरएन यूकेले प्रधानमन्त्रीलाई मायाको चिनो स्वरुप एनआरएन युकेको ब्याच लगाईदिएको थियो।

 

 

 

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 6 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।