ISMT

HUB Education

बेलायत भ्रमण पूरा गरी फर्किए प्रधानमन्त्री

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 2 months ago
  • युके
बुधबार लण्डन दूतावासमा
Education Park

 

Kathmandu Trade Show

 

तस्विरहरु : शिव भण्डारी

 

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो तीन दिने बेलायत भ्रमण पूरा गरी फर्किएका छन् । सोमबार साँझ स्वीजरल्याडबाट लण्डन आइपुगेका प्रधानमन्त्री बुधबार रेलमार्ग हुंदै फ्रान्सतर्फ लागेका छन् । 

 

बेलायत भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले उच्च बेलायती अधिकारीहरुसंग भेटवार्ता गरे । मंगलबार प्रधानमन्त्रीले बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरेसा मे, विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन, बेलायती सांसद लगायतलाई भेटेका थिए । 

 

बेलायतकी प्रधानमन्त्री मे बहिर्गगमनको तयारीमा रहंदै गर्दा भएको यो भ्रमणका दुई देशबीचमा कुनै नयाँ सम्झौताहरु भने भएका छन् । 

 

बेलायत अफ्ठेरो पर्दाको मित्र  : प्रधानमन्त्री

 

 

बुधबार बिहान बेलायत भ्रमण पूरा गर्नुअघि प्रधानमन्त्रीको सम्मानमा लण्डन दूतावासमा एक विशेष समारोह आयोजना गरिएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्रमा भएको आफ्नो भ्रमण उपलब्धीपुर्ण रहेको विश्वास व्यक्त गरे । 

 

२ सय वर्ष लामो मित्रताका क्रममा बेलायतका तर्फबाट भएका सहयोगहरुको लागि उनले धन्यवाद ज्ञापन गरे । 'बेलायत हाम्रो अफ्ठेरो अवस्थाको पनि मित्र हो । जुन कुरा भुकम्पका बेला बेलायतबाट प्राप्त सहयोगले पुष्टी गरिदिएको छ', प्रधानमन्त्रीले भने ।

 

देश राजनीतिक स्थिरता , संिवधान निर्माण र स्थिर सरकार हुंदै आर्थिक समृद्धितर्फ प्रवेश गरिरहेको बताउँदै प्रधानमन्त्रीले अब नेपालले बेलायतसंग एक आर्थिक विकासको साझेदारका रुपमा समबन्ध अघि बढाउन चाहेको बताए । 

 

'बन्दुक देखेर नतर्सिनेहरु खुकुरी देखेर तर्सिन्छन्' भन्दै प्रधानमन्त्रीले गोखाृहरुले विश्वभर नेपालीको इमान्दारिता र वीरतालाई चिनाएको बताए । बेलायत र नेपालबीचको सम्बन्धमा गोर्खा एक प्रमुख आधार रहेको उनको भनाइ थियो । 

 

विदेशमा बस्ने नेपालीहरुलाई अवसरको सदुपयोग गर्दै ज्ञान, सीप आर्जन गर्न र सकेसम्म छिटो नेपाल फर्किन उनले आग्रह गरे । 

 

त्यसअवसरमा बेलायत सरकारका एशिया प्यासिफिक मामिला राज्य मन्त्री मार्क फिल्डले नेपालका प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको पुरानो मैत्रीपुर्ण सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गरे । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले अब बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमणको लागि तयारी गर्नुपर्ने समय आएको धारणा राखे । 

 

सोमबार साँझ २० सदस्यीय भ्रमण टोलीसहित प्रधानमन्त्री ओली बेलायत आइपुगेका थिए । सोमबार नै अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका उनले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरेसा मे, विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन, बेलायती मन्त्री, सांसद लगायतलाई भेटेका थिए ।

 

मंगलबार साँझ स्याण्डहर्स्टस्थित गोर्खा ब्रिगेडको मुख्यालमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । 

 

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।