प्रधानमन्त्री अाेली आज ६ दिने भ्रमणका लागि चीन जाँदै

  • मंगलबार, ५ आषाढ, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज ६ दिने भ्रमणका लागि  चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन् । 

 

आफ्नो चीन भ्रमणको बारेमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताएका छन् । 

 

उनले भने ‘मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको हुँ ।’

 

उनले थपे, “हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छौं, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीन विरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनौं, हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो, चिन्ता र सरोकारलाई सुन्ने छौं ।”

 

पुरानो मित्र राष्ट्र चीनले नेपालको सार्वभौमसत्ताको खुलेर सहयोग र समर्थन गर्दै आइरहेको छ । चीनको सहयोगमा राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलनलगायत अरू ठूला पूर्वाधार निर्माण भइरहको छ । 

 

प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भ्रमणका क्रममा नेपाली पक्षले दुई देशबीच यसअगाडि भएका सहमति कार्यान्वयनमा जोड दिने तयारी गरेको छ । रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोगलगायत विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भइरहेको हो ।

 

प्रधानमन्त्री ओलीको भ्रमण दलमा सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय संसद्का सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११ जनासहित १ सय १९ जनाको टोली छ ।

 

भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, भौतिक योजना, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत सहभागी छन् ।

 


थप समाचार

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 55 minutes ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

  • 58 minutes ago
नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेस

नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

  • 1 hour ago
नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) मिलेर आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालमा विदेशी लगानी तथा व्यापारको लागि अहिले अनुकुल समय रहेको धारणा राखे ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।