ओली सरकारको हनिमुन पिरियडः गफ ज्यादा, काम कम

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले हनिमुन पिरियड पूरा गरेको छ । निकै आशा र अपेक्षाका साथ हेरिएको प्रधानमन्त्री ओलीको एक सय दिन(हनिमुन पिरियड)लाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । करिब दुईतिहाई बहुमतका साथ शक्तिशाली प्रधानमन्त्री बनेका ओलीको कार्यकालमा केही उल्लेख्य सुधारको प्रयास भएको छ । केही विवादित कामहरु पनि भएका छन् ।  

 

चुनाव ताका समृद्धिको ठूलाठूला नारा दिएका तत्कालिन एमाले र माओवादी केन्द्रसँगै अरु केही दलको समर्थनमा बनेको सरकारले अपेक्षाकृत राम्रो काम गर्न नसके पनि प्रयास भने राम्रै गरेको छ । 

 

ओली सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम भनेको यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउने प्रयास हो । यातायात क्षेत्रमा व्यवसायिक समितिहरुको मनोमानी तोड्दै कम्पनी दर्ता गरेर प्रतिस्पर्धामा सार्वजनिक सवारीसाधन चलाउने निर्णय र भएका कार्यान्वयन पक्ष उदाहरणीय रह्यो । 

 

त्यस्तै ओली सरकारले विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको सफल अनुसन्धान गरी त्यसमा संलग्नहरु पक्राउ परे। विमानस्थलका कर्मचारी र प्रहरीहरुलाई समेत पक्राउ गरियो। एउटै समूहले विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको थियो। यो प्रयास पनि प्रशंसनीय नै हो । 

 

सरकारी अधिकारीहरुको अनावश्यक वैदेशिक भ्रमणमा नियन्त्रण गर्नु ओली सरकारको अर्को महत्वपूर्ण काम हो । त्यस्तै ओलीले दुई छिमेकी देशः चीन र भारतसँगै सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न गरेको प्रयास सकारात्मक छ । सरकारमा आएको सय दिनभित्रै प्रधानमन्त्री ओली आफू पनि भारतको राजकीय भ्रमण गए र भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा ल्याउन सफल भए। नाकाबन्दीको समयमा भारतविरुद्ध उभिन सकेकै आधारमा मत बटुल्न सफल ओलीले अहिले सरकारमा आएपछि भारतसँगको चिसो सम्बन्धलाई न्यायो बनाउने कोसिस गरे। त्यो केही हदसम्म सकारात्मक पनि देखियो। 

 

जनप्रतिनिधिले विपन्न समुदायका बालबालिकाको अभिभावकत्व लिएर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नु सरकात्मक पक्ष हो । 

 

ओली सरकारको सबैभन्दा ठूलो कमजोरी भनेको भाषण बढी गरेर काम गर्ने हो । ओलीको नेतृत्वमा सरकार बनेपछि तीनपटक पेट्रोलियम पदार्थको मूल्य बढ्नु नकरात्मक पक्ष हो । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि विवादरहित बन्न सकेन ।  ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण पनि विवादित रहह्यो ।


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 1 hour ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 1 hour ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 1 hour ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।