प्रधानमन्त्री ओलीले भने, ‘सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ’

Education Park

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताएका छन् । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे ।

 

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’’

 

 विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए । उनले भने,  ‘‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ ।  नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’’ उनले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गरे ।

 

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले  सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण – सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए । 

 

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट गरे । ‘‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’’, उनले भने । 

 

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको स्पष्ट गरे । “हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’,  प्रधानमन्त्री ओलीले भने ।


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 5 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 10 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 21 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।