प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । 

 

बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् । 

 

यस्तै बैठकमा ‘विनियोजन विधेयक, २०७५’ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसैगरी, अर्थमन्त्री डा युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७५ लाई पारित गरियोस्’ र ‘आर्थिक विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

 

त्यस्तै, ‘आर्थिक विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि दिन तोकिनेछ भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘ऋण तथा जमानत ९बाइसौँ संशोधन० विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । 

 

यस्तै सांसदहरुले प्रस्तुत गर्नुभएको विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यक्रम पनि छ । 

 


थप समाचार

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

  • 37 seconds ago
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नय

गणतन्त्र दिवसका अवसरमा २४१ जनाको कैद सजायँ मिनाहा

  • 10 minutes ago
गणतन्त्र दिवसका अवसरमा २४१ जनाको कैद सजायँ मिनाहा

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ती कैदीको कैद सजाय मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले

स्याङ्जामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

  • 13 minutes ago
स्याङ्जामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

स्याङ्जा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना भाइरसबाट संक्रमित भएका हुन्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।