Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालकरणी मुद्दाका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयो

करणी मुद्दाका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयो


काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा छन् । एनसीबी कुवेतको समन्वयमा उनलाई पक्राउ गरिएको थियो । सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार उनलाई नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

लामाविरुद्ध प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दामा उजुरी दर्ता गरिएको थियो । प्रहरी अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा रहेको थाहा भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको थियो । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

निर्वाचन आयोगसँग शिक्षा मन्त्रालयले माग्यो दलका कार्य समितिको विवरण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो

मधेशमा लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । नेकपा एकीकृत

इटालीका लागि नेपालका गैरआवासीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन्

Techie IT