प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट शुरु

काठमाडौं । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ ।

 

उहाँले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिनुभएको छ ।

 

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको े थियो ।

 

विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो । कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो । तर सोमवार प्रधानमन्त्री निवासमा सम्पदाकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताउनुभएको छ ।

 

कार्यकारी प्रधानमन्त्रीले आफू मतहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टिकरण लिने अधिकार छ । प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्व लडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाउनुभएको छ । पूर्व लडाकु बिष्ट प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाबीच असमझदारी बढ्दै गएको छ ।

 

प्रधानमन्त्री ओली नेतृत्वको सरकारका हालका मन्त्रीहरु मध्ये गृहमन्त्री थापाले साढे ३३ किलो सुनकाण्डको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरमा ल्याउने काम गर्नुभएको थियो । गृह मन्त्रीकै पहलमा बर्षोदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउने काम सम्पन्न भएको थियो भने काम नगर्ने ठेकेदारलाई कारवाही गर्न एक्सन लिएपछि बर्षोदेखि अलपत्र विकास निर्माणको कामले गति लिन शुरु गरेको थियो ।

 

गृहमन्त्री थापाले गैर सरकारी संस्थाका संचालकहरुको सम्पत्ति विवरण बुझाउने पर्ने नीति अगाडि सारेपछि प्रधानमन्त्री ओलीले गैससका संचालकको दवावमा सम्पति बिवरण बुभाmउने कार्यलाई तत्काल रोक्न डाडो आदेश दिनु भएको थियो ।

 

सम्पादकहरुको भेटमा प्रधानमन्त्री ओलीले एयरपोर्टबाट लेनिन विष्ट फिर्ता गरेको कुरा आफूले सुनेकाले यो कसको आदेशमा कसले गरेको हो, कसरी गरेको हो, २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन गृह मन्त्रालयमा पत्र पठाएको जानकारी दिनुभयो । अनधिकृत ढंगले या गैरकानूनी ढंगले कुनै व्यक्तिको स्वतन्त्रताको हकमा तलमाथि पर्ने गरी केही भएको छ कि छैन, हेर्नु प¥यो भनेर लिखित स्पष्टिकरण मागिएको दावी प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

 

गत असार २३ गते विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाटै फर्काइदा भने प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई स्पष्पिटकरण सोध्नुभएको थिएन । बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पु¥याएर अपमानजनक ढंगले त्यहांबाट फिर्ता पठाइएको थियो ।

 

सरकारको उक्त कदमप्रति सांसद, राजनीतिक दल र शिक्षाविद्धहरुले तीव्र विरोध जनाएका थिए । संसदमा नै सरकारप्रति प्रश्न उठेपछि गृहमन्त्री रामबहादुर थापाले अनुमति विना नै क्यानडा भ्रमणमा जान लागेकाले उहांलाई फर्काइएको जवाफ दिनु परेको थियो । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

  • 3 minutes ago
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

  • 4 minutes ago
प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

चरिकोट । दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको प

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

  • 4 minutes ago
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर