बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछः प्रधानमन्त्री ओली

Education Park

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएका छन् । 

 

काठमाडाँैमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज प्रतिनिधिसभामा जानकारी दिँदै उहाँले सो कुरा बताएका हुन् । 

 

प्रधानमन्त्री ओलीले भने, “बिम्स्टेकलाई प्रभावकारी बनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई सामना गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, सदस्य राष्ट्रका जनता–जनताबीच आवतजावत सहज बनाउन सम्पर्क सञ्जाल विस्तार गर्न तथा साझेदारी र सहयोग बढाउन सम्मेलन निकै उपयोगी हुनेछ ।” 

 

संविधान कार्यान्वयन र तीन तहको निर्वाचनपछि नयाँ सरकारले आयोजना गरेको पहिलो ठूलो कार्यक्रमका रुपमा बिम्स्टेक शिखर सम्मेलन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “यस क्षेत्रका जनताको आर्थिक समृद्धि, यातायात सञ्जाल विस्तार तथा बौद्ध परिपथ निर्माण र विस्तार गर्ने अपेक्षा गरिएको छ । 

 

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, म्यान्मा, भुटान र थाइल्याण्ड राष्ट्र सम्मिलित बिम्स्टेकको अध्यक्ष राष्ट्रको रुपमा सन् २०१४ देखि नेपाल रहेको छ । यस पटकको शिखर सम्मेनको नारा ‘शान्ति, समृद्धि र दिगो बङ्गालको खाडी’ भन्ने रहेको छ । 

 

प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन २० वर्षको अवधिमा चार पटक मात्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण, तीन तहको निर्वाचन गर्नुपरेका कारण केही ढिलाइ भए पनि अहिले शिखर सम्मेललाई साकार पार्न नेपाल जुटिरहेको बताए । 

 

विभिन्न १४ वटा क्षेत्र समेटिएका बिम्स्टेक समूहको पहिलो पहिलो शिखर सम्मेलन सन् १९०७ मा थाइल्याण्डमा भएको थियो । 

 

बिम्स्टेकलाई केबल सङ्गठनको रुपमा मात्र नभई क्षेत्रीय विकास र सहयोगका लागि प्रभावकारी सङ्गठनको रुपमा लैजानुपर्छ, भनेर ढाका सम्मेलनपछि व्यापार, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, आतङ्कवाद नियन्त्रण र गरीबी निवारणका अतिरिक्त सामुद्रिक र हिमालयन अर्थतन्त्रसम्बन्धी विषयवस्तु समेटेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । 

 

शिखर सम्मेलनका क्रममा काठमाडौँमा रहँदा सदस्य मुलुकका सरकारका राष्ट्रप्रमुख र सरकार प्रमुखबीच औपचारिक भेटघाट तथा दुईपक्षीय हितका विषयमा हुने छलफल र परामर्श कार्यक्रममा सहभागी रहने उहाँले जानकारी दिए । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखको भेटघाटको कार्यक्रम रहेको पनि उहाँले जानकारी दिए । 

 

प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रको हैसियतले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को पनि शिखर सम्मेलन छिटै होस् भने चाहिरहेको बताए । 

 

 


थप समाचार

अमेरिकालाई इरानको जबाफ !

  • 11 minutes ago
अमेरिकालाई इरानको जबाफ !

एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

  • 17 minutes ago
अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

  • 19 minutes ago
अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।