फलफूलमय नेपाल बनाइने प्रधानमन्त्री ओलीको भनाई

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 3 months ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु¥याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गरेका छन् । 

 

‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उनले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पु¥याउन सबैसँग आह्वान गर्दै भने, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔँ, हरियाली बढाऔँ, आम्दानी बढाऔँ, वातावरण सपारौँ, ।” नेपालमा हाल करीब ४५ प्रतिशत वनक्षेत्र छ । 

 

आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, “हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ । 

 

विदेश निर्यात गर्न सकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्दै उहाँले फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विचार प्रकट गरे । 

 

सो अवसरमा आँप, लिची, एबोगार्डो, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको थियो । उपप्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि वृक्षरोपण कार्यक्रममा सहभागी भए । 

 

जमीनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यका साथ उक्त अभियान शुरु भएको हो । 


थप समाचार

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 29 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 33 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

  • 40 minutes ago
ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

काठमाडौं । मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।