IIMS College

ISMT

HUB Education

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • बुधबार, ६ कार्तिक, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट आज विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

 

ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको आज अनुगमन गरिएको थियो । ती आयोजनामा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, भेरी बबई बहुद्देश्यीय आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र रानीजमरा सिँचाइ आयोजना छन् ।

 

ऊर्जामन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा युवराज खतिवडासहित सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि पनि उक्त कक्षबाट विभिन्न आयोजनाको अनुगमन गरेका थिए ।

 

मन्त्री पुनका अनुसार प्रधानमन्त्री ओलीले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थियो ।


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 6 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 6 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 6 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।