IIMS College

ISMT

HUB Education

प्रधानमन्त्रीज्यू, मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारको गियर बदल्नुस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

राजेन्द्र अर्याल

 

केही साताहरु बितेका छन्, सरकारले विभिन्न विधेयकहरु ल्याएको । ती विधेयकहरुमा टेकेर विभिन्न पक्ष सलबलाए, खासगरी यो नेकपाको सरकारको विरोधमा रहेकाहरुले मसला बनाउन सफल भए र एकैपटक सडक तताउने खेल हुन पुग्यो । सरकारले जे जस्तो विधेयक ल्याए पनि त्यसको विरोध गर्ने ‘रेडिमेट’ टिम ने तयार भएको देखिन्छ । चिकित्सा शिक्षा विधेयकबाट सुरु भएको यो श्रृङ्खला गुठी विधेयक सम्म आइपुग्दा जारी छ । सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक पछि आएको राष्ट्रिय सुरक्षा विधेयक होस् वा मानवअधिकार विधेयक होस् । विज्ञापन व्यवस्था गर्न बनेको विधेयक होस् वा मिडिया काउन्सिल विधेयक होस् विश्वविद्यालय विधेयक होस् वा लोकसेवा आयोग सम्बन्धी विधेयक होस् । जब सरकारले संसदको टेबुल गर्छ, तबसम्म एकाएक सडक तात्न थाल्छ । यसको अन्तर्य के हो ? र यो किन भइरहेको छ त ? 

 

के सरकारले ल्याएका विधेयक सबै जनविरोधी नै छन् त ? के सरकारले खासमा सरोकारवालासँग छलफल नै नगरी ल्याएको छ त ? के यी विधेयक मार्फत् केही ‘बौद्धिक’ समूहले भनेजस्तो सरकारले अधिनायकवाद लाद्ने गरी नै ल्याएको छ ? के विधेयक हचुवाका भरमा आएका छन् त ? जसले गर्दा अनेकन बहानावाजी गर्दै सरकार विरुद्ध जेहाद छेड्न त तम्तयार भएर बसेकाहरुलाई थप बल पुगेको छ । यस्ता विषयमा गम्भीर भएर घोत्लनु जरुरी छ । यो चाही सत्य हो कि विधेयकमा केही विषय तर्फसंगत ढंगले छलफल र बहस गर्नुपर्ने पनि होलान् तर जसरी एकाएक सडक नै तताउने गरी होहल्ला गरिंदैछ । त्यसमा गुह्य कुरा अर्कै छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । नेकपाको सरकारलाई कसरी बदनाम गर्न सकिन्छ ? कसरी जनताबीच अलोकप्रिय बनाउन सकिन्छ ? यही डिजाइनका साथ विधेयकको पुच्छर समाएर अघि बढेको दृश्य देख्न सकिन्छ । यस विषयलाई नेकपाका शीर्ष नेतहरुले गम्भीरतापूर्वक लिनुको सट्टा दन्तबझानमा लाग्नु आश्चार्यको विषय बनेको छ । 

 

सरकारले संसदमा विधेयक टेबुल गर्नानासाथ एकाएक सडक तताउन खोज्ने मनसायले के देखाउँछ भन्ने कुरा भनिरहनु पर्दैन । यस विषयमा सबै जानकार नै छौं भन्ने लाग्दछ । त्यो भन्दा पनि महत्वपूर्ण पाटो के हो भने करिब करिब दुई तिहाई मतको प्रतिनिधित्व गर्ने नेकपाका नेताहरु यस विषयमा एकमत छैनन् । यो उदेकलाग्दो विषय हो । सरकारको पक्षमा बोल्न खुट्टा कमाउने र टाढै बस्न खोज्ने प्रवृत्ति बढ्दो छ । जबकि राजनीतिक स्थायीत्वसँगै नेतृत्व बलियो बन्न वा बनाउन सकिएन भने धेरै सन्दर्भमा निकै बदलाव आउन सक्छ । समाज शास्त्रीय दृष्टिले पनि सरकारकै कार्यक्रमको धरातलमा उभिएर आफ्नो जनमत बढाउने कुरा नै महत्वपूर्ण रहन आउँछ । कहिले काहीं मतभिन्नता प्रकट भएर आउन सक्छन् । जुन स्वभाविकै मान्न सकिन्छ तर शीर्ष नेताहरुले त्यसको बेलैमा सम्बोधन र व्यवस्थापन गर्न जरुरी छ ।

 

यस विषयमा गम्भीर र सचेत भने हुनैपर्छ । नेकपाका शीर्ष नेताहरुले परिवर्तित सन्दर्भमा सामाजिक पुनर्गठनको पृष्ठभूमि, नेपाली नागरिकको जनभावना र जनमत तथा नेकपामाथिको आक्रमण र जोखिम सबैलाई गहनतासाथ विश्लेषण गरी आगामी कदम चाल्नु पर्दछ । अहिले सरकार विरुद्ध जुन हमला भैरहेको छ, त्यो केवल सरकारमाथि वा प्रधानमन्त्रीमाथि मात्रै हो भन्ने निष्कर्ष निकालियो भने त्यो नेपालको कम्युनिस्ष्ट आन्दोलनका लागि ऐतिहासिक भूल हुनेछ । 

 

जे होस्, अहिले नेकपा नेतृत्वको सरकारमाथि चौतर्फी धेराबन्दी गर्ने ग्राण्ड डिजाइन भैरहेको छ । यो सरकार असफल बनाउन सकियो भने नेकपामाथि प्रहार गर्न सकिन्छ भन्ने मनसुवाका साथ त्यस्ता तत्वहरु अहिले सलबलाइरहेका छन् । जुन हेक्का राख्नुपर्ने विषय हो । उत्पादनका सम्बन्ध, जनजीविकासँग सम्बन्धित विषय, देशको विकास र समृद्धि, राष्ट्रियता र वैदेशिक सम्बन्धका मुद्दामा सरकारले सचेततापूर्वक आफूलाई अघि बढाइरहेको सन्दर्भमा यसमाथि आक्रमण हुँदा वा चौतर्फी हमला र घेराबन्दी हुँदा कसको हित हुन्छ ? हुनेखानेको कि गरिखानेको ? यो अहम् प्रश्न हो । जसको जवाफ इतिहासले खोज्ने नै छ । सरकारमाथिको आक्रमण यथास्थितिवादसँग जोडिएको छ, दक्षिणपंथीसँग जोडिएको छ, परिवर्तनविरोधी र संघीय गणतान्त्रिक लोकतन्त्रसँग जोडिएको छ, यदि त्यसो हो भने त्यसका विरुद्ध जुध्नु अहिलेको मुख्य कार्यभार हुन आउँछ । 

 

काठमाडौंमा एउटा वर्ग छ, जसले ओली सरकारले गरेका सबै कार्य खराबै खराब देख्छ । जबजब सरकारले काम गर्न थाल्छ तबतब बाधक बनेर ठिंग उभिन पुग्छ, परिवर्तनलाई छेक्न खोज्दै भन्छ– सरकार तानाशाह लाद्न खोज्ददैछ, अधिनायकवाद आउन लाग्यो, देशी विदेशी प्रतिक्रियावादी तत्वको बुँई चढेर अफवाह फैलाउने र भ्रम छर्ने काममा निरन्तर लागिरहेको देखिन्छ । यसबाट सकार सचेत र सजग रहनुपर्छ । जुनकुरालाई चिर्न चुनौतीपूर्ण भएपनि अनेक वाधा व्यवधानका वावजुद अघि बढ्नुको विकल्प छैन ।

 

समाजमा परिवर्तन गर्नुपर्ने धेरै छन् । तर परिवर्तनको शुरुवात गर्दा अवरोध, विरोध र हलचलले परिवर्तन निकै कष्टसाध्य हुन्छ भन्ने वोध र तयारीका साथ अघि बढ्नुपर्दछ । किनकि नेकपा र सरकारको बदनाम गर्ने र असफल पार्ने तत्वहरु यसैमा रोटी सेकाउन खोजिरहेका छन् तसर्थ फुकी फुकी र नापी तौली आगामी पाइला चाल्नुपर्छ ओली सरकारले ।

 

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकाले तोड्नैपर्ने केही दुश्चक्रहरु छन् । कतिपय कार्यशैलीका सन्दर्भमा होस् वा कतिपय टिम व्यवस्थापनका विषयमा होस् वा पार्टी भित्रको व्यवस्थापनमा होस् । पहिलो पटक प्रधानमन्त्री भएपछि ओलीले पृथक पहिचान र छबी बनाए, राष्ट्रियताको मुद्दासँगै नेपालमा केही गर्न सकिन्छ भन्ने सपना देखाए र त्यही विश्वासमा जनताले निर्वाचन मार्फत् देशको बागडोर सुम्पने निर्णय गरे अहिले जनताको आकांक्षा अनुसार, चाहना र अपेक्षा अनुसार भएको छ छैन त्यो बेग्लै विषय हो वा समीक्षाको विषय हो ।

 

तर परिणामसँगै कारण पनि खोजौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओली देशको विकास र समृद्धिका लागि, सुशासनका लागि, सन्तुलित परराष्ट्र नीतिका लागि र समृद्ध नेपाल, सुखी नेपालीका लागि अहोरात्र खटिरहेको सबैलाई विदितै छ । तत्कालीन एमालेको जहाज डुब्न लाग्दा बचाएका ओली अहिले पार्टी र सरकार दुवैका प्रमुख छन् । यसको मतलब के हो भने सरकारमाथि आक्रमण हुनु भनेकै नेकपामाथिको आक्रमण हो । जो देश डुबाउने देशलाई जर्जर पार्ने देशी विदेशी भाइरसरुपी तत्वका लागि एन्टिभाइरस बनेर देखा परेका छन् । तर तिनैमाथि आक्रमण हुँदा पार्टीभित्रकै केह नेताहरु भने सस्नोले पोलेको छैन । पातीले पोलेको हो भनेजसरी अघि बढ्दा संशय पैदा हुन पुगेको पनि पाइन्छ । 

 

तसर्थ प्रधानमन्त्री ओलीले पहिलो दुश्चक्र पार्टीभित्रबाटै तोड्नुपर्नेछ भने अर्कोतर्फ कुरा सरकारको नीति तथा कार्यक्रम लागु गर्ने र नेपालका सन्दर्भमा स्थायी सरकार भनिने कर्मचारी तन्त्रलाई जनमुखी, परिवर्तनशील र जवाफदेही बनाउन जरुरी छ । यसका लागि कर्मचारी तन्त्र हाँक्ने मुख्य सचिवबाटै शुद्धिकरणको थालनी गर्न आवश्यक देखिन्छ । आफू अहोरात्र खट्ने तर आफूले अघि सारेका नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने पक्ष कमजोर, इच्छाशक्तिहीन र अपरिवर्तनशील हुँदा लक्ष्यमा पुग्न सकिंदैन । त्यस्तै प्रधानमन्त्रीको टिम अर्थात् मन्त्रीपरिषदका केही सदस्यहरुको कार्यशैली र कार्यक्षमताका कारण पनि जनमानसमा राम्रो सन्देश जान सकेको छैन । यदि यस्तो हो भने त्यस्ता मन्त्रीहरुलाई सहज अवतरण गरी जनताबीच राम्रो छबि भएका र प्रधानमन्त्रीको “स्प्रीड” र “स्पीड” समाउन नसक्ने व्यक्तिहरुलाई आफ्नो टिममा सामेल गर्न ढिलाई गर्नुहुँदैन ।

 

प्रधानमन्त्री ओलीले आफ्नो टिममा व्यापक फेरबदल गरेर त्यही विन्दुबाट सरकारका कामको ‘गेयर अप’ गरी जनतामा थप आशा र विश्वास जागृत गर्ने एउटा अवसर छ । त्यसको सदुपयोगका साथै कार्यान्वयन गर्न चुक्नु हुँदन । त्यस्तै धेरै राजनीतिक नेता तथा कार्यकर्ताको व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो । जसले पार्टीमा कर्मी मौरीका रुपमा काम गर्दछन् । त्यसैगरी सरकारका कामकार्बाहीलाई जनतासमक्ष लैजानका लागि संचारक्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । यसलाई ध्यानमा दिई चुस्त र प्रभावकारी टिम बनाई आवश्यक कार्यगर्नुपर्दछ । सवालहरु त्यति फरक छैनन् । हेर्दा साना पनि हुनसक्छन् वा नयाँ नहुन पनि सक्छन् तर प्रभावका हिसाबले वा परिणामका हिसाबले महत्वपूर्ण भने छन् । 

 

त्यस्तो त बेला बेलामा नेताहरुको दन्तरुझानले कार्यकर्ता झसँग झसँग हुने गरेका छन् । कतिपय वेमौसमी बाजाका रुपमा, कतिपय दोहोरो चरित्रका रुपमा कतिपय विरोधीभन्दा एककदम अघि बढेर बोल्दा र कतिपय विरोधी भन्दा एककदम अघि बढेर बोल्दा र कतिपय निहित स्वार्थ पूरा नहुँदा विरोधका स्वरहरु उचाल्दा कार्यकर्ता मात्र होइन जनतामा पनि चोट पुगेको छ । जसले जनतामा परजीवीले जस्तै बेला बेलामा ठुंगेको अनुभव हुन्छ । यी चुनौति छन् जसलाई प्रधानमन्त्री ओलीले तोडेर अघि बढ्नुको विकल्प देखिंदैन । प्रधानमन्त्रीले आफ्ना अघि रहेका चुनौतिलाई पन्छाउँदै अघि बढ्नु, दुश्चक्रहरु तोड्दै गन्तव्यमा पुग्न र सुनौलो अवसरको सदुपयोग गर्दै आफ्नो लक्ष्यमा पुग्नुको विकल्प पनि छैन ।

 

प्रधानमन्त्री ओलीसँग, साथै यसैमा नेपाल र नेपालीको सुन्दर भविष्य निर्भर छ । किनकि प्रधानमन्त्री ओलीलाई नत सम्पत्ति कमाउने लोभ छ, नत असफल हुने नै छूट छ । त्यसैले यो बखत ओलीले नेपालको इतिहासमा सुनौला अक्षरले नाम लेखाउने अवसर पनि प्राप्त छ । यो सरकारलाई असफल हुने छूट छैन । आजको काम भोली गर्छु भन्ने समय पनि छैन । एकलय र रफ्तारमा जनताले अनुभूत गर्नेगरी काम अघि बढाउनुको विकल्प छैन ।

 

तसर्थ सिंगो कर्मचारीतन्त्र र मन्त्रीपरिषदका सदस्यलाई एउटै लयमा हिंडाउँदै सुशासन, प्रशासनिक चुस्तता, आर्थिक पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र समृद्धिको यात्रामा सरकारको गियर भने बढाउन जरुरी छ । यसका लागि प्रधानमन्त्री ओलीले जस्तोसुकै कठोर निर्णय लिन परे पनि लिनुपर्दछ । 

 


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 9 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 10 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 10 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।