राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

Education Park

न्यूयोर्क । अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उहाँका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् । 

 

अमेरिकाकै दुई सहरमा सन् २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरिरहेका छन् । ट्रम्पका लामो समयदेखिका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ । 

 

कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालत समक्ष जानकारी गराएका छन् । भुक्तानी गरिएका दुवैसँग ट्रम्पको नाजायज सम्बन्ध रहेको बताइन्छ । 

 

विगतदेखि नै चर्चामा रहेको यो मुद्दाको राजनीतिक र कानुनी महत्व रहिआएको छ । यस खुलासाले ट्रम्पमाथि चर्को दबाब सिर्जना हुने अड्कलबाजी गरिएको छ । 

 

कोहेनले राष्ट्रपति ट्रम्पमाथि नै औंला ठड्याएका छन् । राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाई छ । “यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो,” न्यायाधीश समक्ष कोहेनले भने । खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए । 

 

यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ । 

 

ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले अमेरिकी सञ्चार माध्यममा पठाएको वक्तव्यमा भनेका छन्, “राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन् ।” 

 

कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ । उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ । 

 

यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट “असल मानिस” रहेको प्रतिक्रिया दिएका छन् । 

 

“मलाई अति दुःख लागेको छ,” ट्रम्पले पश्चिम भर्जिनियामा आयोजित मध्यावधि चुनावी सभाकै क्रममा संवाददाताहरुलाई भने । “जे भएको छ त्यो ज्यादै दुःखद छ, र चुनावका समयमा रुससँग कुनै साँठगाँठ थिएन ।” तर पछिल्लो समय ट्रम्पले म्यानाफोर्टसँग आफूलाई टाढा राख्न थालिसकेका छन् । 

 

अमेरिकी कानुनी परम्परामा राष्ट्रपतिमाथि अदालतमा मुद्दा लाग्दैन, तर अभियोगहरु यदि प्रमाणित भएमा संसदमा महाभियोग लाग्न सक्दछ । आगामी नोभेम्बरमा हुने कङ्ग्रेसको मध्यावधि चुनावमा यो मुद्दा पेचिलो बन्नेछ । 

 

“मध्यावधि चुनावमा महाभियोगको विषयले प्रमुखता अवश्य पाउनेछ,” रिपब्लीकन रणनीतिकार तथा ट्रम्पका आलोचक रोब स्टजम्यानले भने । “डेमोक्रेटहरुले त यो विषय अवश्य जनतासमक्ष जोडतोडले राख्नेछन् ।” 


थप समाचार

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

  • 5 minutes ago
यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • 14 minutes ago
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएक

तीन दशकपछि कालोपत्रे सुरु भयो

  • 17 minutes ago
तीन दशकपछि कालोपत्रे सुरु भयो

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।