प्रधानमन्त्री नरेन्द्र मोदीले गरे यस्तो आग्रह

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाइ जित्न कोरोनाभाइरस सङ्क्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गरेका छन् ।  

 

भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिवार उनले अझै केही हप्ता नागरिकको सुरक्षासँग विशेष सरोकार राख्ने यी काममा लाग्न आग्रह गरेका हुन् ।

 

केन्द्रीय सरकारले घोषणा गरेको ‘लकडाउन’लाई कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्रीहरुलाई उनले धन्यवाद ज्ञापन समेत गरे । 

 

‘लकडाउन’का कारण कोरोना भइरस विरुद्धको लडाइमा सफलता मिलेको पनि बैठकमा उहाँले बताए। 

 

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार कोरोना विरुद्धको लडाईमा प्रदेशहरुले गरिरहेको कामको बारेमा उनले जानकारी लिएका थिए । उनीहरुले गरेको सामूहिक सहकार्यको बारेमा प्रधानमन्त्री मोदीले विषेश चासो राखेको वक्तव्यमा जनाइएको छ । 

 

भिडियो बैठकमा अन्य देशहरुले गरिरहेको प्रयास र अभ्यासको बारेमा समीक्षा र चर्चा भएको थियो । 

 

बैठकमा प्रधानमन्त्री मोदीले जति सक्दो थोरै क्षति हुनेगरी कोरोना भाइरसको माहामारी नियन्त्रण गर्ने साझा उद्देश्य रहेको बताए । उनले भने “अझै केही हप्ता हामीले कोरोना भाइरसबाट संक्रमित भएको शङ्का लागेकालाई परीक्षण गर्ने, पहिचान गर्ने ,आईसोलेसन र क्वारेनटाइनमा राख्नेतर्र्फ विशेष जोड दिनुपर्ने भएको छ ।” 

 

प्रधानमन्त्री मोदीले अत्यावश्यक स्वास्थ्य सामाग्रीको उत्पादन, वितरण र उपलव्धतामा ख्याल गर्न पनि आग्रह गरेका छन् । 

 

कोरोना भाइरसबाट सङ्क्रमितलाई उपचारको प्रर्याप्त व्यवस्था भएको सूनिश्चित गर्न पनि उहाँले जोड दिए । 

 

बैठकमा सहभागी मुख्यमन्त्रीहरूले नेतृत्वदायी भूमिका, निरन्तर मार्गनिर्देशन र कठिन समयमा विषेश सहयोग गरेको भन्दै प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । 

 

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग यसअधि गत मार्च २० तारिखमा पनि भिडियो बैठक गरेका थिए । 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 6 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 19 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 58 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।