मकवानपुरका कवि आचार्यद्वारा १ दर्जन कविता सस्वर वाचन

Education Park

चितवन । टिकट काटेर कविता सुन्ने कार्यक्रम चितवनमा मात्रै नभई देशमै विरलै रूपमा हुने गर्छ । त्यस्तै एउटा कार्यक्रम चितवनको माडीमा शनिबार सम्पन्न भयो ।

 

माडीस्थित माडी क्याम्पसको सभाहलमा शनिबार कविता सुन्नकै लागि टिकट काटेर आएका श्रोताहरूको खचाखच उपस्थितिबीच मकवानपुरका कवि पुरूषोत्तम आचार्यले आफ्ना १ दर्जन कविता सस्वर वाचन गरे । करिब दुई घण्टा चलेको कविता वाचनमा कवि आचार्यले आफ्ना कविताको शक्तिमार्फत श्रोताहरूलाई मन्त्रमुग्ध बनाए ।

 

छन्दमा वैचारिक रूझान र प्रतिबद्धताको स्पष्ट उठान गर्दै कविता लेख्ने आचार्यका कविताको कलात्मक ओझलाई कार्यक्रममा उपस्थित दर्शकश्रोताहरूले राम्रै महशुस गरे । ‘पूँजीवाद, योगमायाको प्रश्न मिस नेपाललाई, मानसिं विश्वकर्माको घोषणा लगायतका कविताहरूले ‘वान्स मोर’ पायो ।

 

करिब डेढ सय उपस्थितिकाबीच कवि आचार्यले कविता वाचन गरिरहँदा कार्यक्रममा सन्नाटा छाउँथ्यो भने कविता सिद्धिनेबित्तिकै तालीको गडगडाहटले हल गुन्जायमान हुन्थ्यो । प्रगतिशील लेखक संघ, चितवन शाखाले आयोजना गरेको उक्त कार्यक्रममा कविता सुनेपछि प्रमुख अतिथी रहेका माडी नगरपलिकाका प्रमुख ठाकुर ढकाल समेत प्रभावित भए ।

 

कवितात्मक शैलीमै सम्बोधनको सुरूवात गरेका नगरपालिका प्रमुख ढकालले कवि आचार्यका कविताहरू देशको अव्यवस्था र बेथितीमाथि निर्मम प्रहार गर्न सफल रहेको बताए । कविता मार्फत् गरिने यस्ता विद्रोहरूले देश, समाज र राजनीतिलाई मुलबाटोमा ल्याउन सघाउने विचार उनले राखे ।

 

कविता वाचनकै बीचमा लोकगायिका हरिदेवी कोइराला र प्राज्ञ नमुना शर्माले समेत आफ्ना गीतहरू पस्किएका थिए । कार्यक्रममा सुनाइएका कवि आचार्यका कविताहरूमाथि साहित्य संगम, चितवनका अध्यक्ष प्रकाश चापागाईंले टिप्पणी गरे ।

 

२६ औं परिजात स्मृति दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा समालोचक डिआर पोखरेलले साहित्यकार पारिजातमाथि बोलेका थिए । प्रलेस, चितवनका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 1 hour ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।