पोखरास्थित भाटभटेनीद्वारा गण्डकी प्रदेश सरकारलाई २५ लाख सहयोग

  • बिहीबार, २७ चैत, २०७६
  • 1 month ago
  • अर्थ

कास्की । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९) को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग  गरेको छ । 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटको यहाँस्थित शाखा प्रवन्धक चक्र लालचनले बुधबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

 

मुख्यमन्त्री गुरुङले विपद्को सामना गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा सो स्टोर्स परिवारप्रति आभार व्यक्त गर्दै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गरे । भाटभटेनीले देशका अन्य प्रदेश सरकारलाई समेत सहयोग गर्ने भएको छ ।

 

सरकारले  सो भाइरसको जोखिम न्यूनीकरण , उपचार तथा राहत वितरणका लागि यही चैत १२ गते सो कोष स्थापना गरेसँगै सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट रकम जम्मा हुने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका तथा रुपा गाउँपालिकाले समेत कोरोना रोकथामलाई लक्ष्य गरी कोष खडा गरेका छन् ।


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 24 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 34 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 38 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।