Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKप्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा देवेन्द्र श्रेष्ठ

प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा देवेन्द्र श्रेष्ठ


लण्डन । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च बेलायतको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले देवेन्द्र श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसमा उपाध्यक्षहरु मोहन गौतम र गोविन्द उप्रेती, सचिव रमेश बटाला, सहसचिव एलबी तामाङ र आर्थिक विभाग प्रमुख वैभव कसोधन निर्वाचित भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा दिनेश अधिकारी, जेम्स् श्रेष्ठ, इलियास अन्सारी र पुरुषोत्तम पौडेल चुनिएका छन् । उमेशराज मोक्तान, सुशीला राई र कृष्ण तिवारीसहित ३ सदस्यीय सल्लाहकार कमिटी गठन गरिएको छ ।

लन्डन ह्यारोस्थित नेवाः छे माया पवमा भएको अधिवेशनमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी इन्चार्ज(संयोजक श्रीप्रसाद साहको प्रमुख आतिथ्य थियो भने अध्यक्षता देवेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा युरोप समन्वय कमिटी संयोजक तथा प्रवास समन्वय कमिटी सदस्य उमेशराज मोक्तान र प्रवास समन्वय कमिटी सदस्य कृष्ण तिवारी लगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि साहले कमिटीका सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै पार्टीको सन्देशसहित महत्वपूर्ण मन्तब्य राखे । युरोप संयोजक मोक्तान र निवर्तमान अध्यक्ष कृष्ण तिवारी लगायतले समेत मन्तव्य राखेका थिए । अधिवेशन गर्न गत अक्टोवर १३ मा आयोजक कमिटी गठन भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT