‘टुर दि पोखरा’ काे तयारी पुरा

  • शनिबार, १४ पुष, २०७५
  • 2 months ago
  • नेपाल

शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यसहित पोखरामा टुर दि पोखरा हुदैैछ ।

 

विशेष गरी टुर दि पोखराले जीवन स्वास्थ्यकरमात्रै नभई बातावरणीय संरक्षण अभियानको एउटा पाटोको रुपमा रहेको रहेको साईक्लिङ संघ कास्कीले जनाएको छ । झण्डै सय २० वर्ष पुरानो इतिहास छ । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई आत्मसात गर्दै पोखरामा पनि टुर दि पोखराको चौथो सस्करणलाई निरन्तरता दिदैं आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

 

साईकल सिटीको आयोजनामा चौथो पटक टुर दि पोखरा९साईकल र्याली० हुदैं छ । शनिबार हुने टुर दि पोखरालाई नेपाल आयल निगम तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसले सहकार्य गरेको संयोजक तथा साइकल सिटीका अध्यक्ष प्रकाश बज्रचार्यले जानकारी बताए । आयल निगमसँगै साइक्लिङ संघ कास्कीले पनि सहयोगी भूमिका खेलेको छ ।

 

पोखरा रंगशालाबाट सुरु हुने ¥याली बुद्धचोक, अमरसिंहचोक, चाउथे, ढिकालेथर, हस्पिटलचोक, रानीपौवाचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सीचोक, सिम्पानी, हरिचोक, बागलुङ हाइवे, जिरो किमी, लेकसाइड, राष्ट्रबैंक, बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक पुन रंगशालामा पुग्नेछ । रंगशालामा साईलिष्टहरुले आफनो प्रदर्शन समेत देखाउने छन् ।

 

‘स्वास्थ्य प्रतिको सचेतना, बढ्दो सवारीप्रयोगले निम्त्याएको प्रदुषण र पेट्रोलियन पदार्थको खपत गर्दै बातावरण संरक्षण गर्ने अभियानका साथ टुर दि पोखरा आयोजना गरिएको हो ।’ साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने । संघले दैनिक एक घण्टा साईकल चढ्नुपर्नेमा जोड दिदैं आएको छ । इन्धनको खपतमा न्युनिकरण गर्दै पर्यावरण जोगाउनुपर्ने दायित्व भएको उल्लेख गर्दै उनले साईकल चढौं स्वास्थ्य बनौ भन्ने नारालाई टुर दि पोखरा मार्फत सार्थकता बनाउने विश्वास व्यक्त गरे ।

 

साईकल सिटी तथा साईक्लिङ संघले पोखरामा पर्यटकलाई लक्षित गर्दै साईकल ट्रयाक बनाउनुपर्ने जोड दिदैं आएको छ । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा साईकल ट्रयाक निर्माण गरिने जनाइएको छ । पोखराम वर्षेनी आयोनजा गरिने साईक्लिङ रेसले पनि साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने भन्दै साईकल ट्रयाक निर्माण गरे अझ प्रतियोगितालाई विशेष बनाउन सकिने संघले जनाएको छ ।

 

गत वर्ष मात्रै पोखरामा ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता आयोजना गरिएको थियो । चार फरक फरक ठाँउमा आयोजना गरिएको प्रतिस्पर्धाले पोखरालाई साईकक्लिङको लागि गन्तव्य सिटीको रुपमा विकास गर्न टेवा पुर्याएको उनको भनाई थियो । प्रतियोगितामा महिला तथा पुरुषमा प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी साईक्लिष्टहरुको सहभागिता रहेको थियो ।

 

¥यालीमा सहभागी हुनको लागि एक हजार शूल्क तिर्नेले ज्याकेट, मेडल, मिनिरल वाटर, खाजाको सुविधा रहेको संयोजक बज्रचार्यले बताए । त्यसै गरी १ सय रुपैयामा खाजा, मिनिरल वाटर र मेडलको सुविधा प्रदान गर्ने उनको भनाई छ । करिब ३० किलोमिटर दुरीका हुने कार्यक्रममा करिब ८ सय साइकल यात्रीको सहभागिता जनाउने अपेक्षा गरिएको साईकल सिटीका अध्यक्ष बज्रचार्यले जानकारी दिए । उनका अनुसार कार्यक्रमा सहभागिता जनाउन काठमाडौ, धरान, नेपालगञ्ज लगायतका ठाउँबाट साईलकप्रेमीहरु आउने छन् । कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 5 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 6 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।