NIC ASIA

ISMT

HUB Education

कति सकियो पोखरा विमानस्थलको काम ?

Education Park

 

Kathmandu Trade Show

 

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले  निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेकी छिन् । विमानस्थल निर्माणका लागि पुगेकी उनले विमानस्थल निर्माणमा भइरहेका काम बारे चासो राखेकी थिइन् ।

 

उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनाकर्मीले अहिलेसम्म निर्माणमा भएको प्रगति बारे जानकारी गराएका थिए । निर्माणको काम तीव्र रुपमा भएकोमा खुसी व्यक्त गर्दै उनले यही गतिमा निर्माण कार्यलाइ निरन्तरता दिन सुझाव दिइन् ।

 

उनले राष्ट्रिय गौरवको आयोजना भएकाले पोखरेलीको मात्रै नभएर देशकै चासो रहेको भन्दै ढिला गर्न नहुनेमा जोड दिइन । उपप्रमुख गुरुङले विमानस्थल निर्माणले पोखरा र गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिको ढोका खुल्ने बताइन् । उनले बाह्य पर्यटक सिधै पोखरा आउने भएकाले यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् ।

 

उनले पोखरा अन्तराष्ट्रिय शहरका रुपमा विकास हुने भएकाले विमानस्थल निर्माणसंगै अन्य भौतिक पूर्वाधार निर्माणमा ध्यान दिइने बताइन् । विमानस्थल निर्माणसंगै पृथ्वीचोकदेखि कोक्रेसम्मको सडक फराकिलो बनाउने तर्फ ध्यान दिइने बताइन् ।

 

निर्माण कार्य सुरु भएको १४ महिनामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकोे काम ३० प्रतिशत सकिएको छ । वि।स।२०३२ सालमा विमानस्थल निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि विभिन्न कारणले निर्माणको काम सुरु हुन सकेको थिएन् । त्यसैले अझै पनि विमानस्थल बन्छ भन्नेमा शंका ब्यक्त हुने गरेको छ ।


थप समाचार

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 14 seconds ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने

बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

  • 8 minutes ago
बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड । शहरी विकास तथा भवन निर्माण विभागले साइड निर्माण कार्य गरिरहेकामा काम सुस्त भएको स्थानीयवासीको गुनासो

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

  • 13 minutes ago
प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।