Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा


काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको नयाँ शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच गरेका हुन्।

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

Techie IT