IIMS College

ISMT

HUB Education

पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिन जोड

  • मंगलबार, २९ पुष, २०७६
  • 5 days ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिकाले पिपिपीका लागि छनोट भएका आयोजनाको सम्बन्धमा आज यहाँ आयोजित छलफलमा उनले महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

मन्त्री विश्वकर्माले कुनै पनि आयोजनालाई कार्यान्वयनमा लैजाँदा सार्वजनिक रुपमा छलफल गर्नुपर्ने औँल्याए । उनले हरेक सम्भावनाको खोजी गर्दै पोखरामा थप पर्यटकीय गतिविधि बढाउने खालका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

 

पिपिपी मोडलअन्तर्गत महानगरले सेती खोँच विकास आयोजनाका लागि रु एक अर्ब ५८ करोड रुपैयाँ लागतको योजना अघि सारेको छ । त्यस्तै पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा रु ४९ करोड १९ लाख र सराङकोट पर्यटन पूर्वाधार विकासमा रु १४ करोड ७४ लाख लागत अनुमानसहितको योजना प्रस्ताव गरेको छ ।  

 

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सेती खोँचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माणका लागि यहाँस्थित रामघाटलगायतका स्थानबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँ भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

 

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले रामघाटलाई तालका रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै योजनाको सफलताप्ूर्ण  कार्यान्वयन महत्वपूर्ण भएको बताए । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले महानगरले ल्याएको योजनाले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताउँदै सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने आवश्यकता औँल्याए ।

 

प्रदेशसभा सदस्य रामजी बरालले आन्तरिक पूँजीलाई सही रुपमा परिचालन र व्यवस्थापन गर्नुपर्ने बताउँदै सेतीबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य राजीव पहारीले तोकिएको मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर हुनुपर्ने बताए । 

 

कार्यक्रममा प्रदेशसभा सदस्य मित्रकुमारी गुरुङ सुवेदी र पुष्पा केसी भण्डारीले महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको खाँचो औँल्याए । महानगर प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै महानगरले तीन आयोजनालाई पिपिपी मोडलमा अगाडि बढाएको जानकारी दिए । विकास निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा अनन्तप्रसाद कोइरालाले तीनवटा आयोजनाका बारेमा प्रस्तुति राखेका छन् । 


थप समाचार

रतन टाटाबारे १० रोचक तथ्यहरु !

  • 15 minutes ago
रतन टाटाबारे १० रोचक तथ्यहरु !

एजेन्सी । भारतमा चर्चित कम्पनी हो टाटा ग्रुप । यस टाटा ग्रुपभित्र १०० कम्पनीहरु रहेका छन् जसमा चियादेखि लिएर ५ तारे होटल र सुईदेखि लिएर स्टिलसम्म भने कारदेखि लिएर हजाईजहाज सम्म यसै कम्पनीले निर्माण गर

ग्वार्डिवलालाई पीएसजीको ठूलो अफर

  • 19 minutes ago
ग्वार्डिवलालाई पीएसजीको ठूलो अफर

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीले म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलालाई भित्र्याउन ठूलो अफर गरेको छ । एक्सप्रेसमा प्रकाशित समाचार अनुसार लिग वान् विजेता टिम पीएसजीले मोटो रकम प्रस्ताव गर्द

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 58 minutes ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

रतन टाटाबारे १० रोचक तथ्यहरु !

रतन टाटाबारे १० रोचक तथ्यहरु !

एजेन्सी । भारतमा चर्चित कम्पनी हो टाटा ग्रुप । यस टाटा ग्रुपभित्र १०० कम्पनीहरु रहेका छन् जसमा चियादेखि लिएर ५ तारे होटल र सुईदेखि लिएर स्टिलसम्म भने कारदेखि लिएर हजाईजहाज सम्म यसै कम्पनीले निर्माण गर्दछ । यसै सन्दर्भमा चर्चा गरौं टाटा सन्सका प्रमुख रतन टाटाको बारेमा ।