पोखरामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

पोखरा । पोखरा रंगशालामा प्रदेश नं ४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं ४ का मुख्यमन्त्रि पृथ्वी शुब्बा गुरुङले आगामी वर्षबाट प्रदेश ४ मा खेलकुद पूर्वाधार विकासका कामहरु सुरु गर्ने बताएका छन । मुख्यमन्त्री गुरुङले खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउन केन्द्र सरकारसँग मिलेर काम सुरु गर्ने बताए । 

 

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध भएको जनाउँदै हरेक जिल्लामा वहुउद्धेश्यिय कभर्डहल र खेल मैदान निर्माण गरिने बताए । उनले प्रदेश ४ मा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गर्दै पोखरा रंगशालको पूर्वाधार विकासलाई गति दिने उल्लेख गरे । 

 

पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरी ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरी जम्मा ९ सय २४ जनाको सहभागीता रहेको छ ।

 

प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार ट्रफिसहित पुरस्कार प्रदान गरिने छ । विधागत खेलमा प्रथम द्वितिय र तृतीय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

 

कराते, तेक्वाण्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी खेलमा प्राप्त स्थान मेडलका आधारमा प्रदान गरिने कुल स्वर्ण पदक मध्ये सबैभन्दा बढी ल्याउन सफल हुने जिल्लाले यस वर्षको प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड हात पार्न सफल हुने जनाइएको छ । भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरि ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरी कुल १ सय १७ पदकमा प्रतिस्पर्धा हँदैंछ ।

 


थप समाचार

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

  • 1 minute ago
यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडैं । यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।

लहानको ब्यस्त चोकबाट डाक्टर अपहरित

  • 4 minutes ago
लहानको ब्यस्त चोकबाट डाक्टर अपहरित

लहान । लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्र

निर्मला हत्या प्रकरणमा यी १७ जनालाई निगारीमा राखेर अनुसन्धान

  • 10 minutes ago
निर्मला हत्या प्रकरणमा यी १७ जनालाई निगारीमा राखेर अनुसन्धान

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।