IIMS College

ISMT

HUB Education

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहयोगका लागि यूकेमा गठन भयो समिति

  • मंगलबार, २९ पुष, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । पोखरामा आयोजना हुने १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७६ लाई सफल पार्न बेलायतबाट समेत पहल सुरु गरिएको छ । 

 

भूपू खेलाडी मञ्च नेपालको आयोजनामा आउँदो फेब्रुअरी १५ मा हुने म्याराथनको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले म्याराथनलाई सफल पार्ने लक्ष्यमा सहयोग मुल समिति गठन गरेको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिएका छन् । 

 

आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सम्पन्न बैठकले मञ्जु गुरुङ राईको संयेजकत्वमा '१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७६ सहयोग मुल समिति यूके' गठन गरेको हो । 

 

समितिको सहसंयोजकमा पूर्वडिएसपी बाचस्पति रेग्मी, अर्थ संयोजकमा कमल गुरुङ (धम्पुस) र अर्थ सल्लाहकार रामचन्द्र गुरुङ (सुर्जे) छन् । 

 

बैठकले समाजका अगुवा व्यक्तित्वहरुलाई समेट्दै १८ जना सल्लाहकार समेत चयन गरेको छ । जसमा एनआरएनए यूके पूर्व अध्यक्ष एवम् समाजसेवी सुर्य गुरुङ, भूपू प्रधानाध्यापक महेश गुरुङ ,पोखरेली मञ्च यूकेका संस्थापक अध्यक्ष क्या (रि) चन्द्रबहादुर पुन, मेजर (रि) खुशीमान गुरुङ एमभिओ (वेल्स), पूर्व प्रधानाध्यापक एकेन्द्र गुरुङ, लोक गुरुङ ( तान्चोक), क्या (रि) राजु गुरुङ (बरालडाँडा), ले. चन्द्र गुरुङ ( चारभन्ज्याङ्ग,पर्वत ),  नन्दजङ्ग गुरुङ (सिक्लेस), कुमार गुरुङ (अध्यक्ष, सहारा यूके) लगायत छन् । 

 

त्यसैगरी, शिवचन्द्र गुरुङ , चन्द्रमान गुरुङ (अध्यक्ष, बगर भाईखलक यूके),  हितकाजी गुरुङ, नरजङ्ग गुरुङ, राम गुरुङ (संस्थापक अध्यक्ष, रामबजार सोसाइटी यूके),  ले (रि) कुसाङ्ग गुरुङ, रमेश बास्तोला (रानी पौवा) र दिलरास गुरुङ पनि सल्लाहकारमा चयन भएका छन् । 

 

पोखरेली मञ्च यूकेका सबै सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहयोग समितिमा पदेन रहनेछन् । 

 

हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको यो म्याराथन यसपटक १४ औं संस्करण हो । म्याराथनको अन्तर्राष्ट्रिय सहयोगी संस्थाका रुपमा पोखरेली मञ्च यूकेले गत वर्षदेखि यस कार्यक्रमलाई सहयोग गर्न सुरु गरेको हो । गत वर्ष म्याराथनको लागि मञ्चले नगद साढे ८ लाख रुपिया सहयोग गरेको थियो भने बेलायतबाट करिब दुई दर्जनको सहभागिता रहेको थियो ।   

 

यसपटक नेपाल भ्रमण वर्ष समेतको संयोगमा म्याराथनको लागि बेलायतबाट करिब ५० जनाको समुह नेपाल जाने तयारी भइरहेको मञ्चका अध्यक्ष गुरुङले बताए । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 58 minutes ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 2 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 2 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।