IIMS College

ISMT

HUB Education

पोखरा म्याराथनमा यूकेबाट उल्लेख्य सहभागिता, एनआरएनए यूकेको १ लाख सहयोग

  • शनिबार, ३ फागुन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । शनिबार पोखरामा सम्पन्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनए यूकेले पनि सहभागिता जनाएको छ । 

 

अध्यक्ष पुनम गुरुङको नेतृत्वमा संरक्षक मेजर डमर घले, प्रवक्ता रामकुमार गुरुङसहित दर्जन बढि सल्लाहकारहरु म्याराथन दौडिएका हुन् । 

 

एनआरएनए यूकेले पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मञ्च यूकेलाई १  लाख रुपियाको आर्थिक सहयोग पनि गरेको छ । अध्यक्ष गुरुङले आयोजक संस्थाका प्रतिनिधिलाई सहयोग चेक हस्तान्तरण गरेकी थिइन् । 

 

 

म्याराथनमा बेलायतबाट करिब ५० जनाको सहभागिता रहेको थियो । आयोजक मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले पोखरा म्याराथनको प्रवर्द्धन गरेको थियो ।

 

बेलायतबाट पोखरा म्याराथनको लागि सहयोगको संयोजन मञ्जु गुरुङ राईले गरेकी थिइन् । प्राणघातक क्यान्सर जितेकी मञ्जुले समेत म्याराथनमा १० किमी दौड पूरा गरेकी थिइन् ।

 

 

त्यस्तै, बेलायतबाटै क्यान्सर जितेका धावक पाण्डव महतो र अर्का धावक सन्तोष राईले म्याराथनको पूरा दूरी दौडिएका थिए । 

 

पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङसहितका  दर्जनौंको टोली म्याराथनमा भाग लिन बेलायतबाट पोखरा पुगेको थियो । 

 

 

यस वर्षको म्याराथन जापानका धावक ताकानासी युसुकीले जितेका छन् । दोस्रो स्थान १३ औं सागका पदक विजेता किरणसिंह वोगटीले हासिल गरेका छन् ।

 

पोखरेली मञ्च यूकेले म्याराथनमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने नेपाली धावकलाई बेलायत ल्याएर म्याराथनमा अवसर दिने घोषणा गरेअनुरुप त्यो अवसर वोगटीले पाउने भएका छन् । यस वर्ष पोखरा म्याराथनमा १२ देशका २१ विदेशी धावक सहभागी थिए । 

 

पूरा दूरीको म्याराथननमा १ सय ५ जना सहभागी भएका थिए । १० किमी, ५ किमी, ह्विलचेयर लगायतका अरु विधामा सयौंले सहभागिता जनाएका थिए । 

 

 

 


थप समाचार

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 3 minutes ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 6 minutes ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 32 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।