पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार

  • आइतबार, १६ मंसिर, २०७५
  • 2 months ago
  • बिचार

पोल्याण्ड । “यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्नुहुन्थ्यो, त्यही काम मैले पनि गरिरहेको छु,” पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम गर्ने अर्काडिउज वोज्सीक बताउँछन् । 

 

उनी जीवनमा आइपर्ने खतरासँग जुधेर दिनहुँ खानीमा पुग्छन् । तैपनि, पोल्यान्डका कोइला खानीमा बाबुदेखि छोराहरु काममा जुटेका छन् । 

 

पश्चिमी युरोपमा कोइला खानीको पेशा ओझेलमा पर्न थालिसकेको छ, तर पोल्यान्डाको साइलेसियन कोइला क्षेत्रको चमक अझै मेटिएको छैन । बढी ज्याला र सरकारी सहयोगले कामदारलाई आकर्षिक गरिरहेको छ । पोल्यान्ड सरकारले समेत अर्थतन्त्रलाई स्वच्छ उर्जामा रुपान्तरण गर्नेतर्फ खासै पहल नगरेका कारण मजदूरहरुले काम पाइरहेका छन् । 

 

ब्रसेल्स, बर्लिन र पेरिसमा आजभोलि कोइला शत्रु हो । पृथ्वीको बढ्दो तापक्रमका लागि मुख्य भूमिका खेलेको दोषारोपण गरिएको कार्बन डाइअक्साइड यही कोइलाबाट सबैभन्दा बढी उत्पादन हुन्छ । तर, पोल्यान्डमा कोइला जीवनको आधार हो, र त्यसमा तत्कालै परिवर्तन हुने सम्भावना छैन । 

 

“यहाँ सिलेसियामा यो एउटा परम्परा हो,” ६५० मिटर (२१०० फिट) गहिराइमा रात्रिकालीन सिफ्टमा भर्खर काम गरेर बाहिर निस्कँदै गरेका ३६ वर्षीय वोज्सिक बताउँछन् । केनुरो कोइला खानी दिन र रात दुवै समय चल्छ । यहाँ चार सिफ्टमा काम हुन्छ । तर एउटा कुरा सबै सिफ्टमा लागू हुन्छ, त्यो हो जोखिम । 

 

“हो, हामी त्रसित हुन्छौं । दुर्घटनाहरु भइरहन्छन्, यो त कामको एक अभिन्न हिस्सा भइहाल्यो नि,” खानीको लिफ्टबाट माथि निस्किएका राडोस्ला रुमिनिस्की भन्छन् । “तर हामी भित्र काम गर्न जाँदा यो कुरालाई दैनिक रुपमा सम्झदैनौं,” ३७ वर्षीय रुमिनिस्कीले बताए । 

 

यसवर्ष हालसम्म पोल्यान्डमा २१ जना कोइला कामदारको मृत्यु भएको छ । गत वर्ष, १५ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा सबैभन्दा बढी ३० जना मजदूरले ज्यान गुमाएका थिए । 

 

खतराको भरपाई गर्ने उपाय पनि छ, त्यो हो पैसा । 

 

“हो, मलाई तलबले नै आकर्षित गरेको हो किनभने अरु क्षेत्रको भन्दा यहाँ तलब बढी छ,” कोइला मजदूर कामिल गान्कोले बताए । यी ३३ वर्षीय मेसिन अपरेटरले आफूले पाइआएको तलब बताउन चाहेनन्, तर मजदूरले प्रति महिना एक हजार ६०० युरो (१८०० डलर) सम्म कमाउन सक्छन् । 

 

यो रकम औसत पोल्यान्डको ज्याला ८१३ युरोभन्दा दोब्बर हो । 

 

मजदूरहरुले कम्युनिष्ट शासनकालमा व्यवस्था गरिएका विभिन्न किसिमका सुविधा पनि हालसम्म उपभोग गर्न पाएका छन् । जस्तै, हरेक वर्ष दुई महिनाको अतिरिक्त तलब । यो सुविधा हरेक वर्षको डिसेम्बर र फेब्रुअरीमा वितरण गरिन्छ । 

 

यस्तै, हरेक मजदूरले हरेक वर्ष आठ टन कोइला घर लैजान पाउँछन् । धेरै घरपरिवार खनिज इन्धनमा निर्भर रहेकाले यो कोइलाले उनीहरुलाई धेरै राहत पुग्ने गरेको छ । 

 

कोइला खानीमा २५ वर्ष काम गरिसकेका मजदूरले सुविधा सहित अवकाश पाउँछन् । तर कतिपयका लागि यो केही चाँडो पनि हुन सक्दछ । 

 

“मेरा पतिको अवकाश पाउनु आठ महिना अघि मृत्यु भयो,” अगाटा कोवाल्जीकले बताइन् । कोइला खानी विधवा संघ पनि उनले खोलेकी छिन् । “कोइला खानीका व्यवस्थापक र एकजना मनोविज्ञानवेत्ताले पतिको मृत्युको खबर मलाई दिएका थिए ।” पतिको निधनका बाबजूद उनका छोराहरुले काम छाडेका छैनन् । 

 

“मेरा चार जनामध्ये दुई छोराले निरन्तर काम गरिरहेका छन् । सबैभन्दा ठूलो छोरो जमिनमुनि काम गर्दछ । ऊ रातिको सिफ्टमा काम गर्न रुचाउँछ, र यस्तो बेलामा ज्याला पनि बढी हुन्छ,” उनी बताउँछिन् । 

 

“यहाँ अरु काम पनि पाइन्न । यहाँ ठूला रोजगारदाता पनि छैनन् । खानी बन्द भए यी हजारौंले के काम गर्ने होला ? अहिलेलाई सिलेसियामा अरु कुनै विकल्प छैन,” उनी थप्छिन् । 

 

राज्य नियन्त्रित जेएसडब्लु कम्पनी मातहत सञ्चालित चारवटा कोइला खानीमध्ये केनुरो एउटा हो । यो कम्पनी युरोपमै उच्च गुणस्तरको कोइला उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । यो कोइला मुख्य रुपमा स्टील उद्योगमा खपत हुन्छ । 

 

स्टक एक्सचेन्जमा पनि सूचीकृत जेएसडब्लुमा करिब २७ हजार कामदार छन् । पोल्यान्डामा यो नै सबैभन्दा बढी कामदार भएको कम्पनी हो । 

 

यस कम्पनीले अरु दुईवटा कोइला खानी क्षेत्रबाट उत्खनन् गर्ने सोच बनाएको छ । यहाँको कोइलाको अधिकांश हिस्सा युरोपेली बजारमा बिक्री हुन्छ । जेएसडब्लु पनि पोल्यान्डमा हुने राष्ट्रसंघीय कोप–२४ को विश्व जलवायू सम्मेलन एउटा मुख्य प्रायोजक पनि हो । 

 

यहाँको कोइला खानीमा युक्रेनका साथै चेक रिपब्लिक, हङ्गेरी, स्लोभाकीया र स्पेनबाट पनि मजदूरहरु कामका लागि आउने गरेका छन् । “युरोपेली युनियनले पोल्यान्डका खानी बन्द गर्न चाहेको छ । तर त्यसपछि के होला ? पोल्यान्डमा हावा वा सौर्य ऊर्जा छैन,” ट्रेड युनियनमा आबद्ध काजीमिर्ज ग्राजकारेकले बताए । 

 

“यी सबै मानिस कहाँ जान्छन् ? उनीहरुले कहाँ काम गर्ने हो ? प्रत्येक खानी मजदूरले सेवा क्षेत्रमा चारवटा रोजगारी सिर्जना गरिरहेको छ ।” 

 

पोल्यान्डले हाल ठूलो, नयाँ कोइलायुक्त ऊर्जा उत्पादन केन्द्र बनाउँदैछ र यसलाई ठूलो परिमाणमा कोइलाको आवश्यकता पर्नेछ । 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 2 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 14 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 19 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।