गोली प्रहार गरी लाखौंको धनमाल लुटपाट, 'प्रहरीलाई खबर गर्दा हतियार नभएको भन्दै आउन मानेन'

  • शनिबार, २३ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ । 

 

सो बस्तीका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०÷२२ जनाको समूहमा पुगेका हतियारधारी डाँकाले बन्दूक र खुकुरी चलाएर पाँच जनालाई घाइते बनाएर रु १० लाखभन्दा बढी मूल्यको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन् । 

 

मध्यरातको समयमा पुगेका डाँकाले घरधनी अर्जुन भुजेल सुतेका कोठा धम्क्याएर खोल्न लगाएलगत्तै बन्दुक चलाएका थिए । डाँका कोठाभित्र पसेपछि उनीहरुलाई छलेर भाग्ने क्रममा अर्जुनको गाला र अनुहारमा डाँकाले चलाएको बन्दुकको छर्रा लागेको छ । कालो नकाव लगाएका डाँकाले अर्जुनकी पत्नी अञ्जुदेवी, छोराहरु दीपेन्द्र र अमित एवं साला सुमित बुढाथोकीलाई शरीरका विभिन्न अङ्गमा खुकुरी चलाएर घाइते बनाएका छन् । डाँकाले चार राउण्ड गोली चलाएर सानो बस्तीलाई आतङ्कित बनाएका डाँकाको खुकुरी प्रहारबाट घाइते भई शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार गराइरहेका अमित भुजेलले बताए । 

 

घरका परिवारजन भाग्न थालेसँगै घरमा रहेका सुनचाँदीका गहना, धातुका भाँडा र नगदसहित रु १० लाख मूल्य बराबरको धनमाल लुटेर डाँका फरार भएका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ । 

 

स्थानीयका अनुसार राति प्रहरीलाई खबर गर्दा हतियार नभएका कारण आउन नसक्ने जबाफ दिएको थियो । तर, प्रहरीले अनुसन्धान भइराखेको प्रतिक्रिया दिएको छ । 

 

घाइते पाँचै जनाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सो बस्ती र अन्य शङ्कास्पद ठाउँमा डाँकाको खोजीमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।