प्रहरी सङ्गठनको हितविपरीत काम गर्ने २,२६५ प्रहरी कारवाहीमा

  • सोमबार, २५ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौँ ।  प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । 

 

प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । 

 

कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । 

 

त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ । 

 

कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३, प्रहरी हबल्दार ४००, प्रहरी सहायक निरीक्षक १४४, प्रहरी नायब निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुईजना छन् । 

 

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री गैर व्यावसायिक कार्य, कार्यसम्पादन लापरवाही र अनुसाशनहिन काम गरेका प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिए । 

 

“सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोही कारवाहीमा पर्नसक्छ,”– उनले भने । 

 

हाल नेपाल प्रहरीमा ७५ हजार बढी प्रहरी जवानदेखि अधिकृतसम्म कार्यरत छन् जसमध्ये छ हजार हाराहारीमा महिला छन् । 

 

हाल नेपाल प्रहरीको सङ्गठन केन्द्रदेखि स्थानीय तहसम्मै रहेको छ । 

 


थप समाचार

स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

  • 2 minutes ago
स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

  • 22 minutes ago
अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउट

यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

  • 26 minutes ago
यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

काठमाडौँ । खुँखार मानव तस्कर लोप्साङ लामा पक्राउ परेका छन् । भारतीय बाटो हुँदै नेपाली युवती खाडी देशमा बेचबिखन गर्दै आएका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।