एनआरएन यूकेको इतिहासकै पहिलो महिला अध्यक्ष बनिन् पुनम गुरुङ

  • शनिबार, ४ असोज, २०७६
  • 8 months ago
  • युके

अल्डर्सट  । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् ।  प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय  ३ मतको अन्तरले हराउँदै पुनमले डेढ दशक लामो  एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी  छन्  ।  

 

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन् ।  

 

को हुन् पुनम गुरुङ ? 

 

नेपालमा संविधान सभाको निर्वाचन पश्चात संविधानले महिलाहरुलाई नेतृत्व वर्गमा पुर्याउन महत्वपुर्ण भूमिका खेलेको छ ।  जसको कारण तथा सक्षम नेपाली महिलाहरु धेरै नेतृत्ववर्गमा रहेर आ–आफ्नो अनुभवहरु बटुलेरहेका छन् । 

 

पुनम गुरुङको जन्म गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै पैतालिस वर्ष अगाडी बाबा कर्नेल मणिन्द्र र आमा कृष्णकुमारी गुरुङको कोखबाट प्रथम सन्तानको रुपमा जन्म भएको हो । बाबाको नेपाल आर्मीको जागिरको सिलसिलमा नेपालका विभिन्न ठाउँहरुमा बसोबास गर्ने तथा शिक्षा लिने अवसर पाएको भएता पनि उनले स्कुल लिटल एन्जल्स र बिरेन्द्र सैनिक कलेजमा अध्यायन पुरा गरेकी हुन् भने स्नातक त्रिचन्द्र कलेजबाट उतिर्ण गरेकी हुन् । युकेबासी महिलाहरु गैर आवशीय नेपाली संघ युकेको नेतृत्त्व लिन सक्षम भएको र त्यो समय आएको बताउने पुनम गुरुङले नेतृत्त्व दिए उनको घोषणा पत्रमा घोषणा गरेको प्रतिबद्धताहरु एक–एक गरेर पुरा गर्ने बाचा समेत गरेकी थिइन् ।

 

पुनम गुरुङ आज भन्दा झन्डै १६ वर्ष पहिला समाजसेवी तथा सफल ब्याबसायी कमल गुरुङसँग लगन गाँठो कसेर बेलायत छिरेकी थिइन् । 

 

बेलायत बसाइमा उनले धेरै अनुभबवहरु बटु्रलिन् । उनका श्रीमान् कमल गुरुङको रेस्टुरेन्ट र प्रोपर्टी व्यवसायलाई हातमा हात काँधमा काँध गर्दै अगाडि बढेकी पुनमले व्यापारलाई सहि दिशामा निर्देश गरेकै कारणले गर्दा कमल र पुनमले बेलायती भूमिमा व्यापार व्यवसायमा छ्ल्याङ मार्न सफल भएका हुन् ।

 

उनी एक साहसी तथा सफल महिला व्यवसायी हुन् भने एक सफल समाजसेवी पनि । उनी तमुधी युकेआमा समुहका संस्थापक अध्यक्ष हुन् भने घोथाने परिवार बेलायतका संस्थापक आमा प्रमुख हुन् । पुनम गुरुङले क्यान्सर रिसर्च युकेमा आठ वर्षसम्म स्वयंसेविका बनेर क्यान्सर रिसर्च युकेलाई सहयोग गरि अनुभव बटुली सकेकी छिन् भने सहयोग गर्ने र अनुभव बटुल्ने काम जारी छ । उनी नेपाली महिला संघ युकेका उपाध्यक्ष हुन् भने नेपाली बेजिङस्टोक नेपाली कमुनिटिका सल्लाहकार हुन् ।

 

पुनम गुरुङ फुर्सदको समयमा समाजसेवा गर्न, किताब पढ्न रुचाउनु हुन्छ भने बाँकी रहेको समय दुइ छोरीहरु रोशनी, चेल्सी र श्रीमान कमल गुरुङसंग भ्रमणमा निस्कनछिन् ।


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 1 hour ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 1 hour ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 2 hours ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।